एम्समा विदाई

1.3K

एम्समा विदाई

बुटवल, ६ फागुन । एम्स एजुकेशन फाउन्डेशनद्धारा संचालित एम्स ईङ्लिस हाइयर सेकेन्डरी स्कूलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा १० मा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई मायाको चिनो सहित कक्षा ९ का विद्यार्थीहरुले विदाई गरेका हुन् । कार्यक्रममा बोल्दै एम्स एजुकेशन फाउन्डेशनका प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपानेले विद्यार्थीहरुलाई १० कक्षाको वार्षिक परीक्षाको लागि भरपूर्ण तयारी गरी विधालयको नाम उचो पार्न र उनीहरुको उज्ज्वल भविष्यको कामना सहित शुभकामना दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा एम्स कलेजका प्रमुख दीपक ढकाल, एम्स एजुकेशन फाउन्डेशन संचालक समितीका सदस्य तथा प्राध्यापक महेन्द्र पाण्डे,  लेखा संयोजक विनोद शाक्य, प्राध्यापक सुरेन्द्रराज ज्ञवाली, गोविन्द शर्मा लगायतले शुभकामना राख्नुभएको थियो । कार्यक्रममा विदाई भएका विद्यार्थीहरु सविना अर्याल र सुदिप काउचाले विद्यालयको प्रगतिको कामना सहित आफूहरुले विद्यालयबाट पाएको शिक्षा र साथलाई आत्मसाथ गर्दै भविष्यको बाटो पैलाउने बताएका थिए ।

कक्षा ९ का विद्यार्थी प्रशान्त पाण्डेको संचालनमा भएको कार्यक्रमको अध्यक्षता विधार्थी रेनिसा श्रेष्ठले गरेकी थिईन् भने समिक्षा थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।