मन्दिर जिणोद्वारकालागि महायज्ञ हुँदै

1.3K

मन्दिर जिणोद्वारकालागि महायज्ञ हुँदै

बुटवल, ६ फागुन । बुटवल उपमहानगरपालिका वडा नं. ९ दीपनगरमा रहेको सिद्धेश्वर शिवमन्दिर सेवा आश्रम परिसरमा रहेको दुर्गामन्दिरको जिर्णोद्वारकालागि महायज्ञ गरिने भएको छ ।

महाशिवरात्रीको अवसरमा पारेर फागुन ८ गतेदेखि शुरु हुने गणेशपुराण ज्ञान महायज्ञ २०७३ फागुनको १४ गतेसम्म चल्ने आज मन्दिरमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा मन्दिर व्यबस्थापन समितिका अध्यक्ष हरिप्रसाद पन्तले मन्दिर व्यबस्थापन समितिले पहिले नै गणेशपुराण गर्ने संकल्प गरेकाले संकल्प पुरा गर्नका लागि पनि गणेशपुराण ज्ञान महायज्ञ गर्न लागिएको बताउनु भयो ।

महायज्ञ सम्पन्न गर्नकालागि मुल आयोजक समिति तथा बिभिन्न ११ वटा बिषयगत उपसमिति गठन गरिएको छ । महायज्ञमा ९ गतेदेखि १५ गतेसम्म बिहान ५ देखि ६ बजेसम्म जीवन बिज्ञान योग शिबिर समेत सञ्चालन गरिने उहाँले बताउनु भयो । महायज्ञको पहिलो दिन शोभा कलश यात्रा तथा महायज्ञको उद्घाटन गरिने छ । संकल्प गरिएको महायज्ञ भएकाले यो महायज्ञमा आर्थिक संकलन गर्ने मनसाय नराखिएको भए पनि यज्ञ शेष रहेमा मन्दिर परिसरमा रहेको दुर्गा मन्दिरको जिर्णोद्वार गरिने बताईएको छ ।