प्रजातन्त्र भित्र पनि, साह्रै फोहोर खेल भयो

1.3K

प्रजातन्त्र भित्र पनि, साह्रै फोहोर खेल भयो

प्रजातन्त्र भित्र पनि, साह्रै फोहोर खेल भयो ।
कुकुर अनि बिरालोको, देशै खाने मेल भयो ।।

गौंथलीको गुंड भन्दै, ठड्याई हाले महल नै ।
जनताको आसा माथि, सधैंभरि झेल भयो ।।

चप्पल लाउने नेताहरु, चढ्ने भए पजेरोमा ।
जनताको खुन पसिना, पजेरोको तेल भयो ।।

यताउता जानु परे, गर्छन चार्टर हेलिकप्टर ।
जनताको कर सबै, चट्नी खाजा सेल भयो ।।

गर्छन खुबै भाषण त, सफल पार्ने प्रजातन्त्र ।
जति भूक्छन नेताहरु, प्रजातन्त्र फेल भयो ।।

राष्ट्र हैन पार्टी ठूलो, पार्टी भन्दा आफै ठूलो ।
स्वाभिमान यो देशको, खतराकै वेल भयो ।।

~तिलक तारामी ” रेशाली “
बुटवल – १३, रुपन्देही