उमाले मनायो वार्षिकोत्सव

1.3K

उमाले मनायो वार्षिकोत्सव

बुटवल, ७ फागुन । रुपन्देहीको तिलोत्तमा —८ कुञ्जलापुरमा रहेको उमा आधारभूत विद्यालयले आज ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको छ ।

विद्यालयका अध्यक्ष छत्र बहादुर दर्लामीको अध्यक्षता तथा क्षमा अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा प्राधानाध्यापक तेज प्रसाद पौडेलले ६५ लाख २६ हजार ९ सय ६२ रुपैयाको आय/व्यय विवरण पेश गर्नुभएको थियो । सोही अवसरमा अमर योग दर्लामी अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिएको थियो भने कक्षागत रुपमा उत्कृष्ठ हुने र अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

किरण खनालको स्वागतमा भएको कार्यक्रममा कमला मरासिनी, बल बहादुर गुरुङ लगायतले शुभकामना दिदै विद्यालयले प्राविधिक तथा नैतिक शिक्षालाई जोड दिन सुझाव दिनुभयो ।