‘युवाका लागि गाँउमै रोजगारी हुनु पर्छ’

1.3K

‘युवाका लागि गाँउमै रोजगारी हुनु पर्छ’

बुटवल, ७ फागुन । रुपन्देहीको देवदहमा रहेको देवदह जेसीजको दोस्रो पदस्थापन तथा पहिलो पदहस्तान्तरण कार्यक्रम भएको छ । जेसीज पदास्थापन कार्यक्रमको आज उद्घाटन गर्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले युवाहरु भविष्यका कर्णधार भएकाले उनीहरुलाई वर्तमानमा हुने विभिन्न कार्यक्रममा सहभागि बनाउनु पर्ने बताउनुभयो ।

उहाँले मुलुकमा रोजगारीको अवसर नहुदा ठुलो जनशक्ति विदेशी भूमिमा पसिना बगाउन बाध्य भएको उल्लेख गर्दै युवाका लागि गाँउमै रोजगारीको वतावरण मिलाउन सबैको सहकार्य आवश्यक रहने बताउनुभयो । देवदह जेसीजका अध्यक्ष विजय गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति हिराबहादुर खत्री, माओवादीका नेता नमराज पुरी, देवदह नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटा, बुटवल जेसीजका पुर्व अध्यक्ष अनुपमान शैजु, कृष्णदेव भण्डारी, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गलगायतले जेसीजका निर्वाचित नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

जेसीजका दामोदर क्षेत्रीको स्वागतमा भएको कार्यक्रमको संचालन बुटवल जेसिजका पुर्व अध्यक्ष गोपाल अधिकारीले गर्नु भएको थियो । हालै सम्पन्न जेसीजको प्रथम अधिवेशनबाट वर्ष २०१७ का लागि बालकृष्ण रिमालको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । नयाँ कार्यसमितिलाई वर्ष २०१६ का पदाधिकारी तथा सदस्यहरुले वर्ष २०१७ को नयाँ कार्यसमितिलाई माईनुट तथा खातापाता हस्तान्तरण गरेको थियो ।

सोही अवसर पारी वर्ष सन् २०१६ को युथ अफ दी ईयरका रुपमा स्थानीय युवा अमृत लम्साललाई सम्मान गरिएको थियो ।