
देवदह, ८ फागुन । महाकाली शक्तिपिठ देवदह ८ शित्तलनगरमा भक्ति भजन सम्बन्धी चार वटा गीतको छायाड्ढन गरिएको छ । देवदहको पर्यटनलाई उजागर गर्ने उद्धेश्यले कालिका मन्दिरमा भक्ति भजन गीतको छायाड्ढन गरिएको शक्तिपिठका संरक्षक गोपाल ढकालले बताउनुभयो ।
छायाड्ढनका क्रममा शक्तिपिठमा नियमित भजनकर्ता भगेन्द्र विकको तीन वटा गीत र यमबहादुर विश्वकर्माकोे एक वटा भजन गीतको छायाड्ढन गरिएको हो । उक्त गीतको चैते दशैको अवसर पारी विमोचन गरिने बताइएको छ । भक्तिभजनको गीतमा संगीत तर्फ बासुरीमा दुर्गा रुचाल, पियानोमा सुरज बस्याल, तवेलामा गोविन्द ज्ञवालीले गर्नुभएको छ । साथै उक्त गितको निर्देशन शुरेस सेन्चुरीले गर्नुभएको हो ।