नयां नेतृत्व चयन

1.3K

नयां नेतृत्व चयन

बुटवल, ९ फागुन । अखिल नेपाल महिला संघ(क्रान्तिकारी) अवध राज्यकोे भेला नयां नेतृत्व चयन गरि आज बुटवलमा सम्पन्न भएको छ ।
भेलाले निमकला पुनमगरको संयोजकत्वमा नौ सदस्यीय संघको नयां कार्यसमिति चयन गरिएको हो ।

समितिको सदस्यमा ःदिपा सिटौला, गिता पाण्डे, उर्मिला थापा, शान्ता मरासनी, कल्पना गौतम, चीजा श्रीस र पुष्पा वि.क.रहनुभएको छ । यसअघि भेलाको उद्घाटन गदैं संघकी केन्द्रीय सहसंयोजक अम्बिका मुडभरीले सबै प्रकारका विभेद अन्त्य गर्नका लागि महिलाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहांले शामन्तवादी संरचनाको अन्त्य नभईकन महिला मुक्ति संभव नभएको बताउनुभयो ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले प्रतिक्रियावादी संसदीय व्यवस्था रहेसम्म कसंैको मुक्ति नहुने बताउनुभयो । उहांले नयां जनवादी क्रान्तिको तयारी र पार्टीले चलाएको तीन महिने अभियान सफल पार्न लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो । संघले काठमाण्डौमा फागुन २५, २६ र २७ गते गर्न लागेको राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा राज्य भेला गरेको जनाएको छ ।

यस्तै संघले फागुन १४ गते नवलपरासी तथा २० गते रुपन्देहीको भेला सम्पन्न गर्ने तय गरिएको नेता निमकला पुनले बताउंनुभयो ।राष्ट्रिय भेलाको क्रममा संघले सदस्यता वितरण, आर्थिक संकलन, प्रचा–पंम्पेट, जनभेटघाट, प्रतिनीधि–प्रर्यवेक्षक चयन लगायतका कार्यलाई अगाडि बढाइने संघले जनाएको छ ।