शोक सभा

1.3K

शोक सभा

मणिग्राम, १० फागुन । राममणि बहुमुखी क्याम्पसका संस्थापक एवम् क्याम्पस सञ्चालक समितिका पूर्व उपाध्यक्ष प्रेमनिधि नेपालको देहावसानमा क्याम्पस प्राङ्गणमा आज शोक सभा सम्पन्न भएको छ ।

कार्यक्रममा शोक मन्तव्य व्यक्त गर्दै स्वर्गीय नेपालको क्याम्पसप्रतिको योगदान तथा विकासका लागि समेत उहाँको समर्पणबारे क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले प्रकाश पार्नुभएको थियो ।

क्याम्पसका प्रशासकीय अधिकृत मुक्तिनाथ गैह्रेको सञ्चालन एवम् क्याम्पस प्रमुख मोहनराज शर्मा, प्राध्यापकहरू, कर्मचारी तथा स्नातक तहका विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम भएको थियो । शोकसभा पश्चात् क्याम्पसमा आज एक दिनका लागि शोक विदा दिइएको क्याम्पसले जनाएको छ ।

तिलोत्तमा–८, पूर्व पहुनी निवासी स्थानीय समाजसेवी व्यक्तित्व नेपालको गत फाल्गुण ०८ गते आइतबारका दिन उपचारका क्रममा निधन भएको थियो ।