मोतिपूरको महायज्ञमा ५८ लाख संकलन

492

मोतिपूरको महायज्ञमा ५८ लाख संकलन

बुटवल, १२ फागुन । सत्सङ्ग आश्रम निर्माणार्थ रुपन्देहीको बुटवल २२ मोतिपुरस्थित मुक्तेश्वर बैदिक शिव मन्दिरमा सञ्चालित श्रीमद्भागवत धन धान्याञ्चल ज्ञान महायज्ञमा छैठौं दिनसम्म करिब ५८ लाख रुपैयां दान संकलन भएको छ ।

गत शुक्रबारबाट शुरु भएको महायज्ञको छैठौं दिन करिब ८ लाख रुपैयां दान संकलन भएको आयोजकले जनाएका छन् । बुधबार मुक्तेश्वर मन्दिरका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले ५१ हजार १ सय ११, महायज्ञका सचिव टोपनारायण घिमिरेले ५५ हजार ५ सय ५५, बुटवल २२ भुड्कैयाका बलिराम चौधरीले १ ला ११ हजार १ सय ११ रुपैया दान गरेका छन् ।

यस्तै बुटवल २०का गोकर्ण खड्काले  १ लाख ११ हजार १ सय ११ रुपैयां, सोमबहादुर थापाले १ लाख १ हजार १ सय ११ रुपैया दान गरेका महायज्ञका प्रचारप्रसार समिति संयोजक ग्यामलाल भुसालले जानकारी दिए ।  यसअघि मंगलबारसम्म ५० लाख रुपैयां संकलन भएको थियो ।  महायज्ञमा ब्रम्हनिष्ठ १ हजार ८ स्वामि बिवेकानन्द सरस्वती महाराजले संगीतमय कथा प्रवचन गरिरहेका छन् ।

महायज्ञमा दैनिकरुपमा बिहान ६ बजेदेखि नित्य पूजाअर्चना शुरु भई श्रीमद भागवत पाठपारायण, भजनकिर्तन, लक्ष्यवत्ती प्रज्ज्वलन लगायतका धार्मिक कार्यक्रमहरु राति १० बजेसम्म चल्नेसामाजिक कार्यका लागि आयोजित महायज्ञ सफल पार्न सबैको सहयोग आवश्यक रहेको महायज्ञका संयोजक समाजसेवी भीमप्रसाद न्यौपानेले बताए । महायज्ञ फागुन १३ गते शिवरात्रीका दिनसम्म चल्ने महायज्ञबाट करिब ६० लाख रुपैयां संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्य भन्दा बढी संकलन हुने कोषाध्यक्ष लक्ष्मण पौडेलले बताए ।