नेतृत्वदायी भुमिकालाई निरन्तरता दिन आग्रह

486

नेतृत्वदायी भुमिकालाई निरन्तरता दिन आग्रह

बुटवल, १२ फागुन । बुटवल उद्योग वाणिज्य संघले यस क्षेत्रको आर्थिक, सामाजिक बिकासमा खेलेको नेतृत्वदायिपुर्ण भुमिकालाई आगामी दिनमा पनि निरन्तरता दिन बिभिन्न संघ सस्थाहरुले आग्रह गरेका छन ।

संघको ६४ औ स्थापना दिशका अवसरमा आजसंघ सचिवालयमा सम्पन्न बिगत, बर्तमान र भबिष्यको कार्य दिशा बिषयक बिचार गोष्ठीका सहभागिहरुले बुटवल सहित आसपासको क्षेत्रलाई मुलुककोपुर्वाधार बिकास सहितको आर्थिक केन्द्र बनाउन संघको नेतृत्वदायिभुमिका आवश्यक रहेको बताएका हुन ।

उनीहरुले संघले बुटवलमा शिक्षण सस्था, स्वस्थ्य सस्थाको स्थापना देखि उद्योग व्यवसायको बिशिष्टीकरण र बिबिधिकरणमा गरेका कार्यहरुको प्रशंसा गर्दै सबैको सहकार्यबाट बुटवलले छिट्टै आर्थिक बिकासमा फट्को मार्ने बताए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठलेउद्योग वाणिज्य संघसंगको सहकार्य र सहयोगमा बुटवल नेपालकै उत्कृष्ठ नगरपालिकामा परीरहेको उल्लेख गर्दै अवको बिकास पनि समन्वय र सहकार्यमा हुने बताउनु भयो ।

उहाले बुटवल उपमहानगरपालिकाले पनि बुटवलको बृहत्तर बिकासका लागि एकिकृत शहरी बिकास गुरुयोजना बनाउन सोच बनाएकोले संघले गरेका बिकास निर्माण र आगामी योजनाहरु त्यसमा समेट्न सकिने बताउनु भयो । कार्यक्रममा संघका अध्यक्ष महेशमान सिंहले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण, बस पार्कको बिस्तार, अटो भिलेजको व्यवस्थापन, पर्यकीय क्षेत्रको पहिचान र प्रवद्र्धन, शिक्षण सस्था र स्वास्थ्य सस्थाहरुको स्तरबृद्धि, उद्योग व्यापारको बिशिष्टीकरण र बिबिधिकरणमा संघले बिशेष पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुरेन्द्रश्रेष्ठ, पुर्वअध्यक्ष हिरा प्रसाद श्रेष्ठ, जीवन प्रसाद वझा र निर्मल प्रसाद लाकौल, उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठ, महासचिव हरि प्रसाद अर्याल, रुपन्देही उद्योग संघका कार्यबाहक अध्यक्ष गणेश अधिकारी, राष्टिय उद्योग वयवापार संगठनका अध्यक्ष खेम श्रीस, सैनामैना उद्योग वाणिजय संघका अध्यक्ष राज बहादुर सिंह, बुटवल बहुमुखि कयाम्पसका प्राध्यापक आनन्दमान सिंह, सिद्धार्थ गौतम बुद्ध क्याम्पसका प्रमुख बाबुराम पाण्डे, आम्दा अस्पतालका निर्देशक डा. बिनोद पराजुलि लगायतले बोल्नु भएको थियो ।