तीन वटा संगठनले पदहस्तान्तरण बहिस्कार गर्ने

383

तीन वटा संगठनले पदहस्तान्तरण बहिस्कार गर्ने

बुटवल, ११ फागुन । नेपाल पत्रकार महासंघ रुपन्देहीको आज हुने भनिएको पदहस्तान्तरण कार्यक्रम तीन वटा पत्रकार संगठनले बहिस्कार गर्ने भएका छन् ।

नेपाल प्रेस युनियन, नेपाल प्रेस सोसाईटी र संघीय पत्रकार परिषद्ले पदहस्तान्तरण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका हुन् । फागुन ३ गते भएको दशौं अधिवेशनमा निर्वाचन प्रक्रिया गलत भएको र सच्चाउन माग गर्दा पनि माग सुनुवाई नभएको हुदा पदहस्तान्तरण कार्यक्रम बहिस्कार गर्ने निर्णय गरिएको नेपाल प्रेस युनियनका सभापति बिक्रम खड्काले जानकारी दिनुभयो ।

निर्वाचन प्रक्रिया र निर्वाचन समितिको भुमिका पुर्वाग्राही भएको भन्दै तीन वटा पत्रकार संगठनले निर्वाचन समितिलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।