
वाह ! बेहुली बिनै पनि आज बेहुला रमायो !
कठै ! बिचरा पैसाबिनाको रित्तो खाम समायो !!
जन्ती छैनन् सँगै हिड्ने बिचमै भागे लमी,
आश्चर्य ! दुहाहाको भाइले पो अड्डा जमायो !!
बेहुली पक्ष उस्तै होकि बेहुला पक्ष बन्यो लाचार,
दुर्भाग्य ! अबुझ लमीले बिहेमा फर्जी चिना थमायो !!
गुम्दा पनि पद वाह–वाह पाइ बेहुलीले शहरमा,
विचरा ! लमीले पो व्यर्थै यहाँ बदनाम कमायो !!
–दिनेश खड्का