गाँजा – धतुरो तान्दैछु, जय शम्भो

729

गाँजा – धतुरो तान्दैछु, जय शम्भो

गाँजा – धतुरो तान्दैछु, जय शम्भो ।
महाशिवरात्री मान्दैछु, जय शम्भो ।।

युवतीको भिड, पशुपतिको दर्शन ।
एक महादेव छान्दैछु, जय शम्भो ।।

बिर्सन त्यो दु:ख, शिवजीको वुटी ।
चोखो प्रसाद जान्दैछु, जय शम्भो ।।

शिवको रुपैमा, नांगाहरुको दर्शन ।
परम्परा पनि धान्दैछु, जय शम्भो ।।

भेटाउछु कि, कलियुगको शिवजी ।
छड्के नजर हान्दैछु , जय शम्भो ।।

खाने भए आउ, त्यो मिठो प्रसाद ।
वुटीले दाल झान्दैछु , जय शम्भो ।।

~तिलक तारामी ” रेशाली “
बुटवल – १३, रुपन्देही