बुटवलमा मगर दिवसको तयारी

578

बुटवलमा मगर दिवसको तयारी

बुटवल, १३ फागुन । नेपाल मगर संघ बुटवल उपमहानगरपालिका समितिले ३५ औं मगर एकता दिवसको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

संघले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि दिवसको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । २०१२ सालमा लांली गुरास समितिको नाममा गठन भएको संघ विभिन्न काल खण्डमा लाङघाली समाज, लाङघाली परिवार, कानूङ लाङघाली परिवार हुंदैं ०३९ सालमा नेपाल मगर संघले बैधानिकता प्राप्त गरेको थियो ।

संघले बैधानिकता प्राप्त गरेसंगैं एकता दिवस मनाउन शुरु गरेको हो । मगर संघ, बुटवलले दिवसका अवसरमा फागुन १४ गते अमर भवनमा हाजिरी जवाफ  प्रतियोगिता र १५ गते बुटवल –१४ तामनगरको चारपाला रंगशालामा दिवस मुल समारोह गर्ने संघका नगर अध्यक्ष गोपाल चौहानमगरले जानकारी दिनुभयो ।

कार्यक्रम पूर्व संघले बुटवलको योगीकुटीबाट मोटरसाइकल ¥याली निकाल्ने र उक्त ¥यालीले बुटवलको लखनचोक, ट्राफिकचोक, हाटबजार, गोलपार्क, अमरपथ, नेपालगंज रोड, फुलबारी, नयां गाउं, कलुवा चोक, तामनगर, ढबाह हुंदैं तामनगर चारपाला रंगशालामा पुगेर दिवस मुल समारोहमा परिणत हुंने अध्यक्ष चौहानमगरले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघका केन्द्रीय सल्लाहकार तथा पूर्व वरिष्ठ केन्द्रीय उपाध्यक्ष बसन्त घर्तिमगर आउनु हुने संघले जनाएको छ । कार्यक्रम अध्यक्ष चौहानमगरको अध्यक्षता, सचिव थर्कबहादुर बाह्रघरेको सञ्चालन तथा उपाध्यक्ष बसन्ती साठीघरेको स्वागतमा सम्पन्न भएको थियो ।