स्वायत्त प्रदेशविना मगर भाषाले सार्थकता पाउदैन

358

स्वायत्त प्रदेशविना मगर भाषाले सार्थकता पाउदैन

देवदह, १३ फागुन । नेपाल मगर संघले उठाएको पहिचानको मुद्दालाई संविधानले लागु गर्न नसकेको नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टाले बताउनुभएको छ । उहांले एकिकृत मगर स्वायत्त प्रदेशविना मगरको भाषाले सार्थकता नपाउने बताउनुभयो ।

उहांले मगरको पहिचान सहितको मुद्दालाई पुरा गर्न युवाहरु सचेत हुन जरुरी रहेको बताउनुभयो । ३५ औ मगर एकता दिवसको अवसरमा देवदहमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बिरकट्टाले राज्यले खस आर्यको व्याख्या गरेको सन्र्दभममा आदिवासी जनजातिको व्याख्या गर्न कानुनले विभेद गरेको बताउनुभयो ।

उहांले नेपाललाई आर्थिक रुपमा समृद्धितर्फ लैजान उद्योग धन्दाको विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै उहाले आफुहरुकोे लडाई क्षेत्री, बाहुन तथा अन्य जातिसंग नभई राज्य व्यवस्था संग भएको बताउनुभयो ।

नेपाल मगर युवा संघका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला सहसचिव विनोद थापामगर, नेपाल मगर संघ देवदहका कार्यवहाक अध्यक्ष शोभाकुमारी थापा, नेपाल मगर महिला संघका अध्यक्ष दिलमाया सिंजाली, नेपाल मगर संघका सल्लाहकार दलबहादुर पाईजा, पदम थापा, यम राना, पे्रम थापा, नेपाल मगर संघ देवदहका सचिव जसबहादुर पुनमगर, नेपाल मगर संघ देवदह ६ का अध्यक्ष टेकबहादुर राना, नेपाल मगर महिला संघका देवदह ३ का अध्यक्ष विन्दु थापामगर लगायतले भनाई राखेका थिए । कार्यक्रम राजु रानाको स्वागत र सचिव नविन थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।