देउवाले वी.पी. कोइराला अध्ययन प्रतिष्ठानको उद्घाटन गर्ने

561

देउवाले वी.पी. कोइराला अध्ययन प्रतिष्ठानको उद्घाटन गर्ने

बुटवल, १३ फागुन । बुटवलको दीपनगरमा रहेको वी.पी. कोइराला अध्ययन प्रतिष्ठानले निर्माण गरेको भवनको भोलि शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिँदै छ । प्रष्ठिानको निर्माण गरेको उक्त भवनको नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको आज प्रतिष्ठानले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

१०२ औ वी.पी. जयन्ती तथा ६७ औं प्रजातन्त्र दिवसको सन्र्दभमा भवन उद्घाटन गर्नुका साथै प्रतिष्ठानले प्रकाशन गरेको वी.पी. स्मृति स्मारिकाको समेत बिमोचन गरिने प्रतिष्ठानका अध्यक्ष युवराज गिरीले जानकारी गराउनु भयो । उक्त स्मारिकामा राष्ट्रिय ख्याती प्राप्त व्यक्तिले वी.पी.का बारेमा ३२ जनाको लेख प्रकाशित छ । लेखकले वी.पीका बारेमा लेखका लेखलाई हुवहु स्मारिकामा उतारिएको अध्यक्ष गिरीले जानकारी गराउनु भयो ।

२०६१ सालमा बुटवल ९ को वडा भेलाद्वारा गठन भएको समितिले ५८ सालमा जग्गा प्राप्त गरेको थियो भने २०६५ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा वी.पी. स्मृति वाचनालयको दर्ता गरेको थियो । उक्त संस्थालाई समय सान्दर्भिक रुपमा पछिल्लो समय वी.पी. कोईराला अध्ययन प्रतिष्ठानका रुपमा परिणत गरिएको हो । हाल प्रतिष्ठानमा बिभिन्न प्रकारका करिव ३ हजार पुस्तक राखिएको छ । उक्त पुस्तकालयलाई भविश्यमा ई–लाईवेरीको रुपमा बिकास गर्ने प्रतिष्ठानले लक्ष्य लिएको छ ।

८१ जना सदस्य रहेको प्रष्ठिानले १५ लाख रुपयाँको अक्षय कोष स्थापना गर्ने, प्रजातान्त्रिक पद्धती, मुल्य, मान्यता र संस्कारको जर्नेना गर्ने, वी.पी.का विचारलाई तल्लो स्तरका जनतासम्म पु¥याउने कामगर्ने लक्ष्य लिएको छ । उक्त कार्यक्रममा काँग्रेस सभापति देउवा सहित रक्षामन्त्री बालकृष्ण खाणँ, यातायात मन्त्री रमेश लेखक, नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा साँसद अब्दुल रज्जाक, सांसद भरतकुमार शाह लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको प्रतिष्ठानका सदस्य तथा पत्रकार खिमानन्द भट्टराईले बताउनु भयो ।