महोत्सवमा दर्शक बढ्दै

782

महोत्सवमा दर्शक बढ्दै

मुक्तिप्रसाद न्यौपाने/
पाल्पा, १३ फागुन । हिजोबाट सुरु भएको पाल्पा महोत्सव २०७३ मा दर्शकको उपस्थिति थपिईरहेको छ । महोत्सवको दोस्रो दिन महाशिवरात्रि पर्वको सार्वजनिक विदा समेत परेकोले उल्लेख्य दर्शकहरु उपस्थिति देखिएको हो ।

महोत्सवको दोस्रो दिन पाँच हजारले महोत्सव अवलोकन गरेको टिकट छपाई बिक्री उपसमितिका संयोजक उत्तमकुमार बज्राचार्यले बताए । उनले महोत्सवको तेस्रो दिन शनिबार परेकोले दर्शकको संख्या बढ्ने भएकोले टिकट व्यवस्थापनलाई सहजताकालागि विभिन्न स्थानहरुमा स्वयंसेवकहरुलाई तयारी गरेको बताए ।

शुक्रबारको महोत्सवमा बिष्णु पाण्डे ‘माईला बा’ ले दर्शकलाई पेट मिचिमिचि हँसाएका थिए । उनले तानसेन बटौली, माईलासँग पोईला आउँदा बल्ल मोटाउली…भन्दै स्टेजमा प्रस्तुती दिँदा दर्शकको तालिले मञ्चमा रौनकता थपिएको थियो । माईला बा ले दर्शकलाई विभिन्न उखान टुक्कासँगै देशको वर्तमान अवस्थाको व्यङ्ग गरे । यस्तै आनन्द बज्राचार्य, हुम गैरे, तिष्णा गुरुङ्ग, रितु थापाले दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

फागुन २२ गतेसम्म जिल्ला सदरमुकाम तानसेनको टुँडिखेलमा आयोजना हुने महोत्सवको तेस्रो दिन शनिबार मिलन लामा, शिलु भट्टराई, राजा राजेन्द्र र शान्ता परिवारको प्रस्तुती रहने छ । संघको बहुउद्देश्यीय भवन निर्माणार्थ सञ्चालन गरिएको महोत्सव अवलोकन गर्न आउनेहरुका लागि ताहुँ, छहरा, दर्लम तथा कसेनी जस्ता स्थानहरुमा सहज रुपमा यातायात प्राप्त हुने अवस्था सिर्जना गरिएको यातायात व्यवस्थापन उपसमितिका संयोजक श्रीप्रकाश ढुङगानाले बताए ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको शालिक रहेको छ । राउटेद्धारा निर्मित सामाग्रिहरुको प्रदर्शनीले दर्शकको मन लोभ्याएको छ । महोत्सवले जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवाका साथै कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धनमा सहयोग पु¥याउने बताईएको छ ।

महोत्सवको मुख्य प्रयोजन नेचर नेष्ट प्रालीले गरेको छ । विशिष्ठ प्रायोजकमा लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल, प्रायोजकमा अर्घाखाँची सिमेन्ट, बृज सिमेन्ट सह–प्रायोजकमा ज्ञानेन्द्र अटो, श्रीनगर यातायात व्यवसायी समिति, पुजा कम्यूटर, ग्रामिण आर्थिक विकास संघ (रेडा), हेरिटेज कार्पेट, कन्चन कोईरिज प्रा.लि छ ।

महोत्सवमा गोल्छा अर्गनाईनजेशन, दिल सुन्दर श्रेष्ठ, ट्रिसा डायमण्डले सहयोग गरेका छन् । टिकट प्रायोजन मोवाईल घर र वाईफाई पार्टनरमा बोर्डलिङ्ग छ । साँस्कृतिक कार्यक्रम सह–प्रायोजक सेन्चुरी मसला उद्योग, जे.जि.आई. डिष्ट्रिव्यूसन, स्वागतद्धार सौजन्य कर्माचार्य कन्ट्रक्सन, सेन्चुरीहट रेष्टुरेन्ट, श्रीनगर पाल्पा रियल स्टेट, होटल ईन्द्रेणी एन्ड रेष्टुरेन्ट, मदिरा व्यवसायी संघ पाल्पा रहेका छन् ।

महोत्सवबाट ७० लाख आम्दानी हुने र ३० लाख बचत हुने अनुमान संघले गरेको छ । आम्दानीबाट संघको बहुउद्देश्यिय भवन निर्माणका लागि ४० प्रतिशत, सचिवालय व्यवस्थापनमा ३० प्रतिशत, पर्यटन प्रवद्र्धनमा १५, स्वर्ण महोत्सवका लागि १० र टुँडिखेलको स्तरोन्नतिका लागि ५ प्रतिशत खर्च गरिने बताईएको छ । शुक्रबारको कार्यक्रम विन्दु थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।