सेवा आर्थिक पत्रकारिता पुरस्कार ज्ञवालीलाई

663

सेवा आर्थिक पत्रकारिता पुरस्कार ज्ञवालीलाई

बुटवल, १३ फागुन । सेवा विकास बैंक बुटवल र नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा स्थापित सेवा आर्थिक पत्रकारिता पुरस्कार २०७३ बाट बुटवलका पत्रकार अर्जुन ज्ञवाली पुरस्कृत हुनु भएको छ । सेवा विकास बैंक स्थापनाको  ११ औं बर्ष प्रवेशको अवसरमा पुरस्कार वितरण गरिएको हो ।

बैंकका अध्यक्ष भिमप्रसाद तुलाचन, बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्ले तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले नगद १० हजार सहित सम्मानपत्रले पत्रकार ज्ञवालीलाई पुरस्कृत गर्नुभएको हो । ज्ञवाली तिलोत्तमा दैनिक तथा बुटवल एफएममा कार्यरत हुनुहुन्छ ।

पुरस्कार वितरण समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष जीसीले मोफसलको पत्रकारिताको विकासको लागि सेवा आर्थिक पत्रकारिता पुरस्कारले ठूलो सहयोग पु¥याएको बताउनु भयो । बैंकका अध्यक्ष तुलाचनले रुपन्देहीको उद्योग, वाणिज्य एवं बैंकिङ् क्षेत्रका गतिविधिको खोज अनुसन्धान गर्ने पत्रकारलाई उत्प्रेरेणा जगाउनका लागि बैंकले पुरस्कार प्रदान गर्दै आएको बताउनु भयो । बैंकले उक्त पुरस्कार प्रत्येक बर्ष आर्थिक क्षेत्रका गतिविधिलाई उठान गर्ने एक जना पत्रकारलाई प्रदान गर्दै आएको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान सल्लाहकार रामराज पोखरेलको संयोजकत्वमा बैंकका कार्यकारी अधिकृत महेशप्रसाद काफ्ले र पत्रकार महासंघ रुपन्देहीका निवर्तमान सचिव रुद्रहरी कुँवर पुरस्कार छनौट समितिको सदस्य हुनुहुन्थ्यो । कार्यक्रममा बैंक स्थापना तथा सञ्चालनमा योगदान पु¥याएको भन्दै बैंकका पुर्व सञ्चालकहरु धुब्र खत्री, पर्शुराम पाण्डे, धुव्रराज नेपाल, भोजप्रसाद श्रेष्ठ, भुवाप्रसाद लुइटेल, जिवन अर्याल, धुव्रप्रसाद खरेल र राजेन्द्रप्रसाद पन्थीलाई दोसल्ला र कदरपत्रद्वारा सम्मान गरिएको थियो ।