क्यान इन्फोटेकमा आईसिटी कन्फरेन्स

463

क्यान इन्फोटेकमा आईसिटी कन्फरेन्स

बुटवल, १३ फागुन ।  क्यान महासंघ नेपाल, रूपन्देहीको आयोजनामा बुटवल मण्डप बुटवलमा ‘डिजिकम क्यान इन्फोटेक–२०१७’को दोस्रो दिन आज आईसिटी कन्फरेन्स सम्पन्न भएको छ ।

कार्यक्रममा विज्ञान तथा प्रविधी मन्त्रालयका सचिव सर्वजीत प्रसाद महतोले प्रविधी र विज्ञानले विश्व विकासमा परिपुरक भएर काम गरिरहेको बताउंदै क्यानले गर्ने यस्ता ईन्फोटेक बाट सबैलाई फाईदा हुने र मन्त्रालयले यस्ता कार्यमा सदैव सहयोग गर्ने बताउनुभयो । उहांले मन्त्रालयले मात्रै यस्ता कार्यक्रम गर्न नसक्ने भएकाले क्यानको अगुवाईमा भएका र हुने प्रविधी र विज्ञान सम्बन्धी कार्यक्रममा साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

कन्फरेन्समा विज्ञान तथा प्रविधी मन्त्रालयका उपसचिव रामचन्द्र तिवारीले सूचना तथा प्रविधीमा विज्ञान तथा प्रविधी मन्त्रालयको भूमिका, क्यान महासंघका तृतीय उपाध्यक्ष रोमाकान्त पाण्डेले स्मार्ट सिटी, क्यान महासंघ नेपालका केन्द्रीय सदस्य रेक भण्डारीले ई एजुकेशन, त्यस्तै अर्का केन्द्रीय सदस्य नारायण थापाले साईबर सेक्युरिटी र सन्जिवराज भण्डारीले डिजीटल लुम्बिनी, सम्भावना र चुनौती विषमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

हिजो देखि सुरु भएको इन्फोटेकमा १ सय ४० स्टल सहभागी रहेका छन् । आज दोस्रो दिन ईन्फोटेकमा विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । ईन्फोटेकमा भोलि विद्यालय स्तरीय नृत्य प्रतियोगिता हुने संयोजक रोशन कंडेलले जानकारी दिनुभयो । इन्फोटेक फागुन १६ गतेसम्म चल्ने छ ।