अपराजित रहँदै नेपाल यु–१९ विश्वकप क्रिकेटमा

अपराजित रहँदै नेपाल यु–१९ विश्वकप क्रिकेटमा

u-19_nepali_cricket_team_playing_worldcup_334948887

 
काठमाडौं / मलेसियामा जारी आइसिसी यु–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल विजेता बन्न सफल भएको छ । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा बलियो प्रतिद्वन्द्वी आयरल्यान्डलाई ३ विकेटले पराजित गर्दै नेपाल विजेता बन्दै आगामी वर्ष वंगलादेशमा हुने विश्वकपमा छनोट भएको छ ।बिहीबार भएको फाइनल भिडन्तमा आयरल्यान्डले पहिले ब्याटिङ गर्दै दिएको १८५ रनको चुनौती नेपाली टिमले ४६.२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो ।नेपाललाई विजेता बनाउने क्रममा ओपनर सुनिल धमलाले ७१ बलमा सर्वाधिक ४७ रन जोडे । राजु रिजालले ५६ बलमा ३५ रन जोड्न सफल भए ।

दिपेन्द्रसिंह ऐरीले २६ रन बटुले भने अरिफ सेखको नाममा २१ रन रह्यो । राजबीर सिंह र नटआउट रहेका सौरभ खनालले १६÷१६ रनको योगदान दिए । योगेन्द्र सिंह कार्कीले ११ रन जोड्न भ्याए ।
यसअघि बुधबारको खेलमा व्यहोरको हारको बदला लिन पहिले ब्याटिङमा उत्रेको आयरल्यान्डले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
आयरल्यान्डका लागि ग्यारी म्याकक्लिन्टकले सर्वाधिक ४५ रन बनाए । त्यसैगरी एन्ड्रयु अस्टिनको नाममा ४४ रन रह्यो । लोर्सन टस्करले ३३ रन जोडे । विलियम म्याकक्लिन्टकले २० रन जोड्न सफल भए ।
नेपालका लागि ललित राजवंशीले ४ र अरिफ सेखले ३ विकेट लिए । त्यसैगरी दीपेन्द्र सिंह ऐरीको नाममा २ विकेट रह्यो । यसअघि बुधबार भएको आयरल्यान्डविरुद्धकै खेलमा नेपाल ८ विकेटले विजयी भएको  थियो ।

यसअघि बुधबार भएको आयरल्यान्डविरुद्धकै खेलमा नेपाल ८ विकेटले विजयी भएको थियो ।  सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्न सफल भएको थियो ।नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा युगान्डामाथि १७१ रनको फराकिलो जित निकालेको थियो ।
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •