टुगाले ग¥यो खुत्रुके बचत सम्मान

475

टुगाले ग¥यो खुत्रुके बचत सम्मान

बुटवल, १४ फागुन । नेपाल टुगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड कोटिहवा रुपन्देहीले सम्मान तथा अभिमुखीकरण गरेको छ ।

संस्थाले आज टुगा खुत्रुके बचत सम्मान अन्र्तगत १५ जनालाई सम्मान गरेको हो । त्यस्तै संस्थाले रक्तदान गर्ने २३ जनालाई रक्तदातालाई सम्मान गरेको छ । नेफस्कुन फिल्ड बुटवलका व्यवस्थापक सुनिल ज्ञवालीले नीति, नियम अनुसार सहकारी संचालन भएमा सफलता प्राप्त गर्ने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष तुल्सी प्रसाद चौधरीको अध्यक्षता सचिव चित बहादुर रास्कोटीको संचालन र सुमित्रा सुवेदीको सवागतमा भएको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार ताराप्रसाद छन्त्याल, सल्लाहकार जयलाल शर्मा बस्याल लगायतले सहकारीले बचत र लगानी संगै सामाजिक क्षेत्रमा समेत आफ्ना गतिविधी गर्नुपर्नेमा जोड दिएका थिए ।