महासंघले निर्वाचन अस्वीकार गर्ने

206

महासंघले निर्वाचन अस्वीकार गर्ने

बुटवल, १४ फागुन । नेपाल आदिवासी जनजाति महासंघले स्थानीय तहको निर्वाचन अस्वीकार गर्ने घोषणा गरेको छ । आदिवासी जनजाति, मधेसी, मुस्लिमलगायत उत्पीडित समुदायको संवैधानिक अधिकारको ग्यारेन्टी नगरी तथा स्थानीय तहको प्रतिवेदन नसच्याइकन घोषणा गरिएको स्थानीय तहको निर्वाचन मान्य नहुने भन्दै नेपाल आदिवासी जनजाति महासंघ,जिल्ला समन्वय परिषद्,रुपन्देहीले आज विज्ञप्ति जारी गरी स्थानिय निर्बाचन अस्वीकार गरेको जानकारी गराएको हो ।

महासंघ रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘राज्यले विभिन्न समयमा आदिवासी जनजातिहरुसँग गरेका सम्झौता र सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने, आदिवासी जनजातिहरुको सघनता र पहिचानको आधारमा स्थानीय तह निर्धारण हुनुपर्ने लगायतका महासंघको मागप्रति बेवास्ता गर्दै एकतर्फीरुपमा सरकारले चुनाब घोषणा गरेकाले यसको बहिस्कार गर्ने घोषणा गरेको उल्लेख छ ।

‘संविधान र स्थानीय तहको प्रतिवेदनप्रति देशभरका उत्पीडित समुदायको असहमति हुँदाहुँदै सरकारले एकतर्फी रुपमा स्थानीय तहको निर्वाचन घोषणा गरेको छ, जसलाई स्वीकार गर्न सकिदैन ।’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।