स्व. पत्रकार पाटाको आठौं स्मृति सभा

336

स्व. पत्रकार पाटाको आठौं स्मृति सभा

बुटवल, १४ फागुन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीका संस्थापक अध्यक्ष स्व. पत्रकार देव बहादुर पाटामगरको आज आठौं स्मृति सभा सम्पन्न भएको छ ।

यस अवसरमा फोनिजले बुटवलमा पत्रकार संगठनहरुको बीचमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता गरेको छ । प्रतियोगितामा प्रेस चौतारी नेपाल रुपन्देही प्रथम भएको छ । जसमा प्रगतिशिल पत्रकार संघ रुपन्देही द्वितीय, प्रेस सेन्टर तृतीय तथा आयोजक फोनिज सान्त्वना भएको छ । विजेता खेलाडीहरुले मेडल, प्रमाणपत्र र कप हात पारेका पारे ।

फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका सचिव ज्ञानेन्द्र भुजेल, नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष यानेन्द्र जि.सि., उपाध्यक्ष दिनेश पाण्डे, फोनिजका सल्लाहकार भिम गुरुङ, दिप बोर्डिङ हाई स्कुलका सहायक प्राचार्य सुरेन्द्र शाक्य, एक्सपर्ट एजुकेशनल कल्सल्टेन्सीका प्रबन्धक रोशन प्रताप कडेल, कोषाध्यक्ष सुन्दर तरामु, सचिव आशिष सूर्यवंशी लगाएतले स्व पाटा मगरले रुपन्देहीमा आदिवासी जनजातिलाई एकतावद्ध गर्न खेलेको योगदानको चर्चा गर्नु भएको थियो ।

पाटामगरको २०६५ सालमा बुटवलको राजमार्ग चौराहामा मोटरसाईकल दुर्घटनामा परी ज्यान गएको थियो । फोनिजले हरेक वर्ष पाटामगरको स्मृतिमा विभिन्न कार्यक्रम गर्र्र्दै आएको छ ।