३५ औं मगर दिवस मनाइयो

740

३५ औं मगर दिवस मनाइयो

बुटवल, १५ फागुन । नेपाल मगर संघले रुपन्देहीसहित देशभर ३५ औं मगर एकता दिवस धुमधामका साथ मनाएका छन् । यसक्रममा नेपाल मगर संघ बुटवल उपमहानगरपालिका समिति, बुटवलले बुटवल –१४ तामनगरको चारपाला रंगशालामा आज ३५ औं मगर दिवस मनाएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले पहिचानसहित मगरात स्वायक्त प्रदेश प्राप्तिको आन्दोलनमा लाग्न मगर अगुवाहरुले मगरहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै संघका पूर्व वरिष्ठ उपाध्यक्ष बसन्त घर्तिमगरले राजनैतिक अधिकार प्राप्त गर्न मगरहरुको आन्दोलन जारी रहेको बताउंनुभयो । कार्यक्रममा नेपाल सरकार आदिवासी जनजाति जिल्ला समन्वय समिति, रुपन्देहीका उपाध्यक्ष दिलबहादुर खाम्चामगर, मगर संघ, रुपन्देहीका सदस्य भोजबहादुर बुढाथोकीमगर, संघका सल्लाहकार रुपसिंह थापा, धनी आले, वडा नं १४ का अध्यक्ष जितबहादुर राहदीमगर लगायतले बोल्नुभएको थियो ।

संघका अध्यक्ष गोपाल चौहानमगरको अध्यक्षता, सचिव थर्कबहादुर बाह्रघरेको सञ्चालन तथा उपाध्यक्ष बसन्ती साठीघरेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अघि बुटवलको योगीकुटीबाट मोटरसाइकल ¥याली निकालिएको थियो । उक्त ¥यालीले बुटवल बजार परिक्रमा गदैं बेलवास, नयांगाउं, तामनगर हुंदैं चारपाला रंगशालामा पुगेर दिवस मुलसमोरोहमा परिणत भएको थियो । उता नेपाल मगर संघ, बुटवल उपमहानगरपालिका वडा नं १६, १७ र १८ को संयुक्त आयोजनामा (साविक सेमलार) उजिलापुरमा आज ३५ औं मगर एकता दिवस मनाएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले मगरहरु बिभाजित नभई एकढिक्का भएर मगरहरुको राजनैंतिक अधिकारका लागि लड्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल मगर संघ, रुपन्देहीकी अध्यक्ष गीता सारु, आदिवासी जनजाति पत्रकार मञ्च–नेपालका अध्यक्ष टेकबहादुर मास्कीराना, नेपाल मगर पत्रकार संघ, रुपन्देहीका अध्यक्ष सनु थापामगर, बुटवल १६, १७ र १८ का सचिव जगत के.सी., समाजसेवी देउराम गाहा, संघका सल्लाहकार युवराज सारु, बेदप्रकाश श्रीस, समाजसेवी रामबहादुर थापा, रामप्रसाद रेग्मी, मनबहादुर राना लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम संघ वडा नं १७ का अध्यक्ष मनबहादुर थापाको अध्यक्षता, १६का अध्यक्ष हेमन्त बुढाथोकीको सञ्चालन तथा १८ का अध्यक्ष यमकली पल्लीको स्वागतमा सम्पन्न भएको थियो । सोही अवसरमा प्रमु अतिथि सारुले उजिलापुरमा निर्माण हुंन लागेको बुद्ध संग्राहलयको समेत अनावरण गर्नुभएको थियो । यस्तैं मुर्गिया, गजेडी, सैनामैना, सां–फर्साटिकर, रुद्रपुर, सालझण्डी, देबदह, भैरहवाको अञ्चलपुर र स्याङजाको विर्घा–९ बारीचउरमा पनि ३५ औं मगर एकता दिवस मनाइएको संघले जनाएको छ ।

यसैबीच नेपाल मगर संघ गाउँ समिति पडसरीले ३५ औं  मगर एकता  दिवस विभिन्न  कार्यक्रम  गरि मनाएको  छ । कार्यक्रममा गाविस सचिव अच्युत भट्टराई, नेपाल मगर संघ रुपन्देहीका श्रीधर मास्की राना, खेम बहादुर पुन, सरु राना  लगायतले मगर भाषा संस्कृती र पहिचान जोगाउनुको साथै मगर एक हुनु पर्नेमा जोड  दिनु भएको थियो ।
दिपक सिं सर्वुजा मगरको अध्यक्षता नेपाल मगर संघ रुपन्देहीका पुर्व अध्यक्ष यम बहादुर थापाको प्रमुख आतिथ्यता संघका उपाध्यक्ष भुम बहादुरको स्वागत र राष्ट्रिय फुटबल रेफ्री अमर पुनको संचालनमा सम्पन्न  भएको  थियो ।

त्यस्तै सालझण्डीमा पनि नेपाल मगर संघ गाउ समितिको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरि मगर दिवस मनाईएको छ ।  कार्यक्रममा प्रथम शहिद लखन थापालाई राज्यले उचित सम्मान दिन नसकेको उनिहरुको गुनाशो रहेको छ ।

आफ्नो हक हित पहिचानको संरक्षणको लागि आफुहरु एकतामा बाधिनु पर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । नेपाल मगर संघ सालझण्डीका अध्यक्ष ज्ञान बहादुर सोमरेको अध्यक्षता, नेपाल मगर संघ जिल्ला अध्यक्ष गिता सारु मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रीय उपाध्यक्ष ममता बुढाथोकी, गाविस सचिव सन्त बहादुर चौधरी, शिक्षक हरि प्रसाद थापा, उमा काउजा, ईनु राना,  प्रेम बहादुर सोमरे लगायतले बोलेका थिए  ।

कार्यक्रमको सुरुवातमा मगरहरुले आफ्नो भेषुभषा, बाजा सहित सालझण्डीको बिभिन्न स्थान बाट झाकी सहित ¥याली निकालेका थिए । कार्यक्रम स्थलमा मगर समुदायको विभिन्न परिकार पनि राखिएको थियो ।