
बुटवल, १५ फागुन । फोर नेशन्स ईन्टरनेशनलले अष्ट्रेलियाका विश्व विद्यालय तथा कलेजको बारेमा सही सूचना र परामर्शका लागि आउदो मंगलबार निःशुल्क सेमिनार गर्ने भएको छ ।
सन् २००४ देखि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीका लागि परामर्शदाताका रुपमा काम गर्दै आएको फोर नेशन्सले धेरै विद्यार्थीको चाहनाका आधारमा सेमिनार गर्ने जनाएको हो । फोर नेशन्सले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि एन. आर. एन. अष्टे«लियाका संस्थापक अध्यक्ष मन केसिले अष्टे«लियाका विश्व विद्यालयका बारेमा जानकारी दिने बताएको थियो ।
गत बर्षदेखि बुटवलमा सेवा सुरु गरेको फोर नेशन्सले १७ विद्यार्थीलाई भिजा दिएको र २३ जनाको प्रकृयामा रहेको फोर नेशन्सका निर्देशक सन्तोष कुमार केसिले जानकारी दिनुभयो । उहाँले आफ्नो मेन पावर अष्ट्रेलियाका लागि मात्र विद्यार्थी पठाउने गरेको उल्लेख गर्दै निकट भविष्यमा सिंगापुर, साईप्रस, यूके, यू.एस.एका लागि प्रकृया अगाडि बढाइएको बताउनुभयो ।
नेपालका काठमाण्डौ, पोखरा, बुटवल, धरान र ईटहरीमा आफ्ना शाखा विस्तार गरेको सुनाउने फोर नेशन्सले एक विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका लागि पठाउनका लागि १० देखि १५ लाख लाग्ने जानकारी गराएको छ ।