कांग्रेसद्धारा कर्मचारीलाई सम्मान

534

कांग्रेसद्धारा कर्मचारीलाई सम्मान

भैरहवा, १६ फागुन । नेपाली कांग्रेस रुपन्देहीले कर्मचारीहरुलाई सम्मान गरेको छ । कांग्रेस रुपन्देहीद्धारा नेपाली कांग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय सुवर्ण शमशेर राणाको १ सय ७ औ जन्मजयन्तीको अवसरमा आज भैरहवामा आयोजित कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन (संघ) मा हालै निर्वाचीत पदाधीकारी तथा सदस्यहरुलाई सम्मान गरिएको हो ।

कर्मचारी संघमा हालै निर्वाचीत अध्यक्ष मोहन कुमार नेपाल, उपाध्यक्ष फणीन्द्र पौडेल, महिला उपाध्यक्ष भगवती पन्थी, कोषाध्यक्ष बिन्देस्वर गुप्ता, चन्द्र कान्त सुवेदी तथा संघका केन्द्रीय प्रतिनीधी भैरहवा राज जोसी, आधीकारी ट्रेड युनियनका उपाध्यक्ष चन्द्र कान्त पाण्डे, केन्द्रीय सदस्य बिष्णु बहादुर रायमाझी र अनील कुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै केन्दीय सदस्य रायमाझीले हालै निर्वाचीत पार्टीको शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेर पार्टीले आफ्ना शुभेच्छुक संस्थाहरु प्रति जिम्मेवारी बोध गरेको बताए । सघंका जिल्ला अध्यक्ष नेपालले पहिलो पटक पार्टीले आफुहरुलाई सम्मान गरेको भन्दै धन्यबाद ब्यक्त गरे ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं सांसद अब्दुल रज्जाकको सभापतित्व, सचिव रामकृष्ण खाणँको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथी पार्टीका पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, अग्रज नेता बलदेव सर्मा, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्र नं २ का क्षेत्रीय सभापति मातृका प्रसाद यादव, जिल्ला सदस्य माया गौतम लगायतले बोल्दै नेपालको प्राजातान्त्रीक आन्दोलनमा सुर्वण शमशेरले अतुलनीय योगदान पु¥याएको भन्दै संघीय लोकतन्त्रलाई संस्थागत गर्नुनै उनि प्रतिको सच्चा सम्मान हुने बताए । राणाँ परिवारमा जन्मीएर पनि नेपालमा प्रजातन्त्र ल्याउन राणँको ठुलो योगदान रहेको उनिहरुको भनाई थियो ।