प्यूठान रुपन्देही सम्पर्क मञ्चमा पुनःजि.सी

479

प्यूठान रुपन्देही सम्पर्क मञ्चमा पुनःजि.सी

बुटवल, १६ फागुन । प्यूठान रुपन्देही सम्पर्क मञ्चको आठौ वार्षिक साधारण सभातथाचौथो अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले  पुनः संस्थापक अध्यक्ष पदमबहादुर जि.सीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बाबुराम महत, सचिवमा श्यामपोखरेल, सहसचिवमा जे.बी क्षेत्री र कोषाध्यक्षमा प्रदिप जि.सी रहेको छन् ।

त्यस्तै सदस्यहरुमा भरत के.सी. केशव पोखरेल, कृष्ण बहादुर जि.सी नारायण प्रसाद भण्डारी, डि.बि खत्री, बिवेक जी.सी, सञ्जय बिश्वकर्मा र रमिता थापा मगर रहेका छन् । नवनिर्वाचित कमिटिको आज नै पदस्थापनगरिएको छ । पदस्थापना पछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि आज नै बसेको छ ।

बैठकले सम्पर्क मञ्चद्वारा सञ्चालन हुनेगरी एम्वुलेन्स खरिद गर्नको लागि आवश्यक प्रक्रिया  अगाडि बढाउने निर्णय गरेको छ । जसको लागि उपाध्यक्ष बाबुराम महतको संयोजक सदस्यद्वय भरत के.सी र नारायण प्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय उपसमिति पनि गठन गरेको छ । त्यस्तै एक महिनाभित्र रक्तदान कार्यक्रम गर्नको लागि नारायण प्रसाद भण्डारी सं्रयोजक , डि.वि खत्री र विवेक जि.सी सदस्य रहेको अर्काे उपसमिति गठन गरेको छ ।

त्यस्तै बैठकले संस्थाको सल्लाहकारहरुमा डा. गितु गिरी,  डा.सुरेन्द्र गिरी, लोकराज पोखरेल, मुकुन्दराज पोखरेल, भरत शाह, बुद्धिमान थापा, पदमप्रताप जि.सी, इश्वरचन्द्र पोखरेल, बालुरामगिरी, रामराज पोखरेल, धनेन्द्र विक्रम पाण्डे, पुरन गुरुङ्गलाई चयन गरेको छ । साधारण सभातथाअधिवेशनमाप्राध्यापक डा, सुरेन्द्र  गिरी, इश्वरचन्द्र पोखरेल, पुरन गुरुङ्ग लगायतले बोलेका थिए ।