
मिना पौडेल/
देवदह, १६ फागुन । रुपन्देहीको देवदह–२ ढेकावरमा श्रीमद् ज्ञान महायज्ञ हुने भएको छ । यज्ञ मूल आयोजक समितिको आयोजनामा २०७३ फागुन २६ गते देखि चैत्र २ गतेसम्म ढेकावरको शिवालय मन्दिरमा महायज्ञ संंचालन हुने आयोजक समितिले जनाएको छ ।
देवदह २ शिवालय टोलको सिद्धेश्वर महादेव मन्दिरको सर्वा¨िण विकासका साथै समाजमा बढिरहेको बिकृति र बिस¨तिलाई हटाउनको लागि धर्मले विशेष भूमिका खेल्ने हुदा महायज्ञ गर्न लागिएको मन्दिरका अध्यक्ष प्रजापति सापकोटाले बताए । उनले महायज्ञ संंंचालनको लागि अनुमानित २० लाख खर्च लाग्ने र महायज्ञबाट ५० लाख जति रकम उठाउने लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानाकारी दिएका थिए ।
अध्यक्ष सापकोटाले मन्दिरको व्यवस्थापनको लागि पुजापाठ, विवाह मन्डप, ब्रतबन्ध लगायत कार्यका लागि जग्गा कम हुने भएकाले उठेको बढि रकमले उक्त क्षेत्र परिसरमा ऐलानी जग्गा किन्ने लक्ष्य रहेको बताए । महायज्ञमा योग शिवर पनि हुने बताइएको छ । कार्यक्रममा सिद्धसाधक व्यास पंण्डित पुरुषोत्तम बस्याल र धर्मगुरु किशोर गौतमको मुखारविन्दुबाट प्रवचन हुने बताइएको छ ।
कार्यक्रममा कामधेनु गौमाताका ब्यवस्थापक कमल जोशी, महायज्ञका सहसंयोजक लक्ष्मी सिग्देल, कालिका मन्दिर देवदहका अध्यक्ष गोविन्द ज्ञवाली, महायज्ञ संंचालन समितिका सचिव पिताम्बर खरेल लगायतले भनाई राखेका थिए ।
