
देवदह, १६ फागुन । रक्तदान नै मानविय धर्म भएको हुदा निश्वार्थ रुपले सबैले रक्तदान गर्नुपर्ने नेपाली कांगे्रस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताउनुभएको छ ।
उहांले रक्तदान जीवनदान भएकाले मानविय सेवाको लागि रक्तदानले विशेष भूमिका खेल्ने हुदा यस्ता कार्यमा सरिक हुनुपर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाको ११ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनुभएको हो । सोही अवसरमा उहांले नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखालाई एम्बुलेन्स खरिदका लागि १० लाख रकम उपलब्ध गराउनुभएको थियो । अर्को प्रसं¨मा बोल्दै सासद रज्जाकले संविधान कार्यान्वयनका सबै राजनितिक पार्टी मिल्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति गोपाल ढकाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उपसभापति दिपक क्षेत्री न्यौपाने, रक्तसंचार सेवा केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपाने, नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सल्लाहकार नमराज पुरी, जीवलाल पराजुली समाजेसेवी तुल्सीराम शर्मा, नेपाली कांगे्र्रस देवदह नगर सभापति गुनाखर भूर्तेल, नेकपा माओवादी केन्द्रका मेघनाथ पौडेल, नेकपा एमालेका पदम थापा, नेकपा माओवादी क्रान्तिकारीका ऋषिराम लामिछाने, प्रगति सामुदायिक वनका अध्यक्ष चमकान्त गौडेल, भृकुटी आमा समुहका अध्यक्ष कमला न्यौपाने संस्थाका उपसभापति कृष्ण न्यौपाने र सचिव जयकिशन अधिकारी लगायतले भनाई राखेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष तारानाथ खरेलले १० लाख ३९ हजार बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो । नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाको आयोजना प्रगति सामुदायिक वन उपभोक्ता समूह, नेपाल अभिनास सामाजिक सेवा संस्था र बुद्ध सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तसंंचार इकाइ भैरहवाको प्राविधिक समूहद्धारा गरिएको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
