अन्तर विद्यालय टुगा हाजिरी जवाफ

949

अन्तर विद्यालय टुगा हाजिरी जवाफ

कोटीहवा, १६ फागुन । नेपाल टुगा बचत तथा ऋृण सहकारी संस्था लिमिटेड कोटिहवा रुपन्देहीको आयोजनामा दुर्गा मावि दुर्गानगरमा आज अन्तर विद्यालय टुगा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको  छ ।

प्रतियोगितामा शान्ति नमुना मावि प्रथम, पशुपति मावि द्वितीय, न्यु इन्भाइरोमेन्ट बोर्डिङ्ग हाइस्कुल तृतीय र चिलिया मावि सान्त्वना भएका छन् । प्रतियोगितामा विभिन्न विद्यालयका एक सय विद्यार्थी सहभागी  थिए । पहिलो  चरणको हाजिरी जवाफ प्रतियोगिताबाट ६ वटा विद्यालय छनोट भएका थिए । प्रतियोगितामा विजयीलाई ट्रफी, प्रमाणपत्र र नगद प्रथमलाई ६ हजार, द्वितीयलाइ चार हजार, तृतीयलाई तीन हजार र सान्त्वनालाई एक हजार वितरण गरिएको सहकारीका अध्यक्ष डि वि थापाले जानकारी गराउनु भयो ।

कार्यक्रममा लर्ड बुद्ध ज्ञान ज्योति इङलिस स्कुलका प्राचार्य कमल प्रसाद रेग्मी, संस्थाका कोषाध्यक्ष धन बहादुर खड्का लगायतले हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीलाई पाठ्यक्रममा मात्र नभएर व्यवहारिक ज्ञानमा सहयोग पुग्ने कुरामा जोड दिनु भयो । निणार्यकमा चेतराम पराजुली, नवराज तिवारी, प्रकाश कोइला र नेत्र बहादुर  के सीको भुमिका रहेको थियो ।

कार्यक्रम डि वी थापाको अध्यक्षता पशुपति कलेजका प्राचार्य जय लाल शर्माको प्रमुख आतिथ्यता साकोसका उपाध्यक्ष तुल्सी प्रसाद चौधरीको स्वागत र साकोस का सदस्य सुमित्रा घिमिरेको संचालनमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।