रेडियो मुक्तीको साधारण सभा

1.3K

रेडियो मुक्तीको साधारण सभा

बुटवल, १६ फागुन । हरेक क्षेत्रमा महिला शसक्तीकरण र पहुच पु¥याउनका लागि हरेक तह र तप्कामा रहेका महिलाहरु एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रममा औल्याइएको छ ।

देशका प्रमुख तहमा पनि महिलाहरुको उपस्थिति बढीरहेका बेलामा स्थानिय स्तरबाट पनि महिलाहरु जागरुक भएर लाग्नुपर्ने कार्यक्रममा औल्याइएको थियो । महिला समानताका लागि संचार अभियान द्धारा सञ्चालित सामुदायिक रेडियो मुक्ती बुटवलको चौथो साधारण सभा तथा अधिवेशनमा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन । साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका पुर्व अध्क्षय मोहन चापागाईले सञ्चारको माध्यमबाट महिला अधिकारको मुल मुद्दामा जागरुक भएकोमा प्रशंसा ब्यक्त गुर्नुभयो ।

रडियो मुक्तीले सरकारले गर्ने काम रेडियोको माध्यम बाट गरी यस क्षेत्रका महिलाहरुलाई जागरुक्क गरिरहेको पनि उहाले बताउनु भयो । महिला शसक्तिकरणमा नेपालमै नमुना रेडियो प्रसारण ल्याएर सामाजिक रुपान्तरणमा महत्वपुर्ण भुमीका खेलेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा पनि प्रतिस्प्रधात्मक तरिकाले अगाडी बढनुपर्ने शुभकामना ब्यतm गनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जि सी, नमुना एकिकृत बिकास परिषदका अध्यक्ष ज्ञानु पौडेल, क्रीयाशिल  महिला पत्रकार संधका अध्यक्ष भगवती पाण्डे, चलचित्र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष सुमन श्रेण्ठ, प्रेस युनियनका अध्यक्ष बिक्रम खड्का, पे्रस सोसाइटी रुपन्देहीका अध्यक्ष रमेश पोख्रेल, रुपन्देही ब्यापार संघका अध्यक्ष  मोतीलाल पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत के सी, पश्चिम नेपाल बस ब्यबसायी संघका बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद घिमिरे, इलाका प्रहरी कार्यलयका डीएसपी मुकुन्द मरासिनी, बुटबल उपमहानगरपालिकाका निमित्त कार्यकारी प्रमुख बिण्णु प्रसाद खनाल, फो्निज रुपन्देहीका अध्यक्ष मिलन गाहा, कृषि सामाग्री कम्पनीका प्रमुख सुमन पन्थी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा शुभदिपावलीमा देउसी भैलो कार्यक्रममा आफनो नृत्य प्रस्तुत गरी रेडियोको आर्थिक संकलनमा सहयोग पु¥याएको भन्दै प्रशंसा पत्रले सम्मान गरिएको थियो ।  साथै रेडियोलाई आर्थिक संकलन नैतिक र भौतिक  रुपमा सहयोग पु¥याउनु भएका पूर्व कोषाध्यक्ष पार्वती ज्ञवाली र राधिका न्यौपानेलाई सम्मान गरिएको थियो । त्यस्तै गरी उत्कृष्ट कर्मचारी कल्पना तिवारीलाई नगद सहित प्रसशसा पत्रले सम्मान गरिएको थियो भने रेडियोलाई अगाडि बढाउन निरन्तर साथ दिदै आउनुभएका रेडियोका पूर्व स्टेशनम्यानेजर खेमकुमारी पोखे्रल दीपुलाई पनि सम्मानपत्रले सम्मान गरिएको छ ।

रेडियोको दिगो विकासका लागि नियमितरुपमा निरन्तर विज्ञापनको माध्यमबाट सहयोग गर्नुभएका विज्ञापन दाताहरुलाई पनि मायाको चिनो रेडियो प्रदान गरेर सम्मान गरिएको थियो । कार्यक्रममा रेडियोका गतिविधि समेटिएको सचिवको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम रेडियो मुक्तिका अध्यक्षता रेडियोका उपाध्यक्ष खेमकुमारी पोखरेल दीपुको स्वागत र सचिव गोमा आर्चायको संचालनमा सम्पन्न भएको थियो । रेडियो दैनिक अठार घण्टा प्रसारण हुदै आएको छ ।