रेडियो मुक्तीमा नयां नेतृत्व

378

रेडियो मुक्तीमा नयां नेतृत्व

बुटवल, १७ फागुन । महिला समानताका लागि संचार अभियान द्धारा संञ्चालीत महिलाहरुको सामुहिक आवाज रेडियो मुक्ती ९५.५ मेगाहर्ज बुटवलको चौथो साधारण सभा तथा अधिवेशनले नयां नेतृत्व चयन गरेको छ ।

अधिबेशनले  गोमा आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा खेमकुमारी  पोख्रेल दिपु, सचिवमा कल्पना तिवारी, सह सचिवमा इन्दिरा आचार्य, कोषाध्यक्षमा अमृता अनमोल रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा बिन्दु थापा, माया क्षेत्री, शुशीला पोख्रेल, धर्मकुमारी न्यौपाने, तारा ज्ञवाली, रिता के सी रहनुभएको छ ।