आर्मी अन्तिम चारमा

1.3K

आर्मी अन्तिम चारमा

बुटवल, १७ फागुन । तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगितामा विभागिय टिम नेपाल प्रहरी क्लवलाई पाखा लगाउँदै अर्को विभागिय टिम नेपाल आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । आज भएको अन्तिम क्वाटर फाईनल खेलमा नेपाल प्रहरीका बिरुद्ध एक तीनको गोल अन्तरमा पराजित गर्दै आर्मी सेमिफाईनलमा प्रवेश गरेको हो ।

सिक्किम युनाईटेडलाई हराएर क्वाटर फाईनलमा पुगेको नेपाल आर्मीसंग सिधै क्वाटर फाईनल खेल्ने अवसर पाएपनि नेपाल प्रहरी पहिलो खेलबाटै बाहिरिएको छ । खेलको पहिलो हाफमा २ शुन्यले अग्रता लिएको नेपाल आर्मीले दोस्रो हाफमा थप एक गोल गरि आफ्नो सेमिफाईनलको यात्रा सुरक्षित गरेको हो ।

खेलको २० औं मिनेटमा आर्मीका विवेक बस्नेतले पहिलो गोल गरेपछि दवावमा परेको नेपाल प्रहरी पुन ३८ औं मिनेटमा आर्मीका विवेक बस्नेतको पासलाई राजिव गुरुङ्ले हेड मार्फत गोलमा परिणत गराएपछि नेपाल प्रहरीलाई ठूलो चुनौति थपिएको थियो । चुनौतीका विचमा खेलको दोस्रा हाफको ३३ औं मिनेटमा नेपाल प्रहरीका निरजकुमार राईले सहानुभूति गोल गरेका थिए । उनको गोलसंगै दर्शक दिर्घामा ठूलो उत्साह भएपनि प्रहरीले आर्मीको सामना गर्न भने सकेन ।

उक्त गोलसंगै उत्साहित भएको प्रहरीका विरुद्ध अर्मीका दीप लामाले दोस्रो हाफको ३८ औं मिनेटमा बलले चाली चुमाएर गोल अन्तरलाई फराकिलो बनाएका थिए । पटक पटकको अवसरलाई प्रहरीले सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनु परेको हो ।

जिल्ला फूटवल संघ रुपन्देहीले आयोजना गरेको तिलोत्तमा गोल्ड कप फूटवलमा आर्मीसंगै आयोजक अग्नी रुपन्देही ११, हिमालयन शेर्पा क्लव र सिएमजी संकटा क्लव सेमिफाईनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा दश टिम सहभागि थिए । बुधबार पहिलो सेमिफाईनलको खेल हिमालयन शेर्पा क्लव र सिएमजी संकटा क्लवका बिचमा हुने आयोजकले बताएका छन् ।