पश्चिम विकास ट्रष्टद्धारा विभिन्न क्षेत्रलाई सहयोग

583

पश्चिम विकास ट्रष्टद्धारा विभिन्न क्षेत्रलाई सहयोग


बुटवल, १७ फागुन । पश्चिम नेपाल बिकास ट्रष्टले विद्यार्थीहरुलाई शैक्षिक र खेलकुद सामाग्री प्रदान गर्नुका साथै अपाङहरुलाई खाद्य सामाग्री प्रदान गरेको छ । आज बुटवलमा विभिन्न छुट्टा छुट्टै कार्यक्रम गरी सामाग्रीहरु प्रदान गरेको हो ।

बुटवल १३ स्थीत सहिद स्मृति प्राथमिक विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई ट्रष्टले शैक्षिक र खेलकुद सामाग्री प्रदान गरेको हो । सुकुम्वासी परिवारका छोराछोरी अध्यानरत यस विद्यालयका १ सय ९१ विद्यार्थीलाई सामाग्री प्रदान गरिएको हो । ट्रष्टका अध्यक्ष गौरिमाया थापा, प्रमुख सल्लाहकार गोपाल भुसाल, कोषाध्यक्ष मम प्रसाद गुरुङ, सह कोषाध्यक्ष पदम घिमिरे लगायतले ती सामाग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन ।

ट्रष्टलाई विभिन्न किसिमको सहयोग गर्दै आएका वेलायती नागरिकहरु आन कोनेली र व्रायन कोनेलीको पनि उपस्थीतिमा सामाग्री प्रदान गरिएको हो । विद्यालयको अवस्था पनि दयनिय र विद्यार्थीहरु पनि विपन्न परिवारकाले अध्यान गर्ने भएकाले उनीहरुलाई अध्यानमा केही राहत मिलोस भनेर सहयोग गरिएको सह कोषाध्यक्ष घिमिरेले बताए । उनका अनुसार विद्यालयमा शौचालयको पनि समस्या रहेको देखिएकाले शौचालय निर्माणमा सहयोग गर्ने सोच ट्रष्टले बनाएको छ ।

पोखराका सफल युवा पर्यटन ब्यवसायी गोपाल भुसालको अग्रसरतामा केही वर्ष पहिला स्थापना भएको ट्रष्टले आज नै कालिका उच्च मावि बुटवलमा अध्यानरत दृष्टिविहिन विद्यार्थी जिवन वानिया र तिलोत्तमा माविमा अध्यनरत विकास केसीलाई शैक्षिक सामाग्री सहित नगद सहयोग गरेको छ । दृष्टिविहिन वानियाका परिवारका चार जना सदस्य नै दृष्टिविहिन रहेका छन । आफू दृष्टिविहिन रहेपनि अध्यानमा आफ्नो रुची रहेको भन्दै सहयोग पाए पत्रकारिता अध्यन गरेर एक सफल पत्रकार वन्ने इच्छा रहेको बताए । हाल उनले स्थानिय बुद्ध टेलिभिजन र एफ एममा कार्यक्रम सञ्चालन गर्दै आएका छन । त्यस्तै ट्रष्टले आज नै बुटवलमा रहेको अपाङग आश्रममा रहेकाहरुलाई खाद्य सामाग्री प्रदान गरेको छ ।

छुट्टाछुट्टै भएका कार्यक्रमहरुमा ट्रष्टका अध्यक्ष गौरीमाया थापाले समाजमा रहेका विपन्न वर्गलाई सक्दो सहयोग गर्दै जाने बताइन । त्यस्तै वेलायती नागरिक आन कानेलीले नेपालीहरुको माया बढी लागेका कारण आफूहरुले सहयोग गर्दै आएको भन्दै आगामी दिनमा थप सहयोग गर्दै जाने बताइन । त्यस्तै सिर्जनसिल आमा समुह बुटवल १६ की अध्यक्ष लक्ष्मी अर्यालले ट्रष्टबाट समुहले पनि विगतमा सहयोग पाएको उल्लेख गर्दै सामाजीक क्षेत्रमा भएका कामको प्रशंशा गरेकी थिइन ।

पत्रकार घिमिरे सम्मानित

नया पत्रिकाका क्षेत्रीय प्रमुख विष्णु घिमिरे सम्मानित भएका छन । पश्चिम नेपाल विकास ट्रष्टले आज बुटवलमा एक कार्यक्रम गरी घिमिरेलाई सम्मान गरेको हो । ट्रष्टको स्थापना देखिनै सहयोग गरेको र पत्रकारिता क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै घिमिरेलाई सम्मान गरिएको हो । उनलाई ट्रष्टका अध्यक्ष गौरीमाया थापा, प्रमुख सल्लाहकार गोपाल भुसाल, वेलायती नागरिकहरु आन कोनेली र व्रायन कानेलीलगायतले सम्मानपत्रका साथै नगदसमेत प्रदान गरि सम्मान गरेका थिए । घिमिरे डेढदसकभन्दा अगाडी देखि पत्रकारितामा सक्रिय रहदै आएका छन ।

गरिबलाई सहयोग गर्न दुइवटा कोष स्थापना

ट्रष्ट आगामी दिनमा सामाजिक क्षेत्रमा अझ बढी क्रियाशिलता जनाउन आज दुइवटा कोष स्थापनाको घोषणा गरेको छ । पोखराका सफल युवा पर्यटन ब्यवसायी गोपाल भुसालको अग्रसरतामा स्थापना भएको ट्रष्टले गरिव विद्यार्थी र गरिव परिवारका लागि आन कोनेली एण्ड व्रायन कोनेली गरिब विद्यार्थी तथा गरिब परिवार नामक एउटा कोष खडा गरेको छ । यस कोसमा कोनेलीद्धवले सहयोग गर्ने भएका छन ।  त्यस्तै गरिव परिवारकै हितमा प्रयोग गर्ने गरी के एण्ड फ्रेण्डस गरिबी कोष खडा गरेको छ । यस कोषमा न्यूजिल्याण्डकी महिला के बाट ६४ हजार रुपैया सहयोग पा्रप्त भइसकेको प्रमुख सल्लाकार भुसालले बताए ।