सेवा बैंकको पन्ध्रौ शाखा ठाडामा

504

सेवा बैंकको पन्ध्रौ शाखा ठाडामा

बुटवल, १७ फागुन । सेवा विकास बैंक लिमिटेडले आफ्नो पन्ध्रौ शाखा कार्यालय अर्घाखाँचीको ठाडा ३, अमराईमा आज एक कार्यक्रमका विच समुद्घाटन गरेको छ । बैंकका संचालक समिति अध्यक्ष भिम प्रसाद तुलाचनले उक्त शाखा कार्यालयको उदघाटन गर्नु भएको थियो ।

बैंकको कार्य प्रगति एवं भावी योजनाका वारेमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले ७ वर्ष देखि नेपाल स्टक एक्सचेञ्जवाट ‘क’ वर्गमा सूचीकृत हुन सफल बैंकले केन्द्रीय कार्यालय बुटवल सहित १५ वटा शाखा कार्यालय र ७ वटा एटिएम मार्फत ७७ हजार भन्दा अधिक ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको वताउनु भयो । बैंकले हाल करिव ५ अर्ब ४१ करोड भन्दा वढि निक्षेप संकलन गरी करिव ४ अर्ब ८३ करोड भन्दा बढि कर्जा लगानी गर्न सफल रहेको उहांले वताउनु भयो ।

उक्त कार्यक्रमको सञ्चालन बैंकका कम्पनी सचिव खिमलाल भुसालले गर्नुभएको थियो । बैंकले पोखरामा केन्द्रीय कार्यालय रहेको कामना विकास बैंकसंग मर्जको लागि समझदारी पत्रमा हस्ताक्षर समेत गरिसकेको छ । उक्त कार्यक्रममा ठाडा अमराई वजार ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पन्थीले बैंकले ग्रामीणमुखि बैंकिङ्गलाई प्रश्रय दिएकोमा धन्यवाद  सहित शुभकामना ब्यक्त गर्नुभएको थियो ।

बैंकका नायव महाप्रवन्धक हरि प्रसाद लम्सालका अनुसार उद्घाटनकै दिन करिव ५०० नयां खाता खोलि १ करोड १५ लाख निक्षेप संकलन भएको भएको छ । सोही अवसरमा उक्त नयां शाखा कार्यालयका ग्राहकहरुलाई एक वर्ष एटिएम र मोवाइल बैकिङ्ग सुविधा निशुल्क प्रदान गर्ने समेत बैंकले जनाएको छ ।