म्यूजिकल फेस्टिवलमा निःशुल्क प्रवेश

547

म्यूजिकल फेस्टिवलमा निःशुल्क प्रवेश

बुटवल, १८ फागुन । बुटवलमा एक्सपर्ट मेगा म्यूजिकल फेस्टिवल हुने भएको छ । एकताले संसार जित्न सकिन्छ भन्ने उद्देश्यका साथमा बुटवलमा फागुन २१ गते एक्सपर्ट मेगा म्यूजिकल फेस्टिवल हुने भएको हो ।

एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले आज बुटवलमा पत्रकार सम्मेलन गरि सन्देशमुलक म्यूजिकल फेस्टिवलको आयोजना गरिएको जानकारी गराएको हो । कार्यक्रममा सर्भिसेजका प्रवन्ध निर्देशक रोशन कण्डेलले विभिन्न स्थानका कलाकारहरुलाई एकिकृत गरि बुटवलमा म्यूजिकल फेस्टिबल गर्न लागिएको जानकारी दिनुभयो ।

म्यूटिकल फेस्टिवल कार्यक्रममा डिजे शिशिर, ओसिन सिटौला, गिरीस खतिवडा, एभासेज बेण्ड लगायतका चर्चित कलाकारहरुले प्रस्तुती देखाउने बताइएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि १० लाखबढी खर्च लाग्ने अनुमान गरिएको सम्पुर्ण खर्च एक्सपर्टले नै गर्ने कंडेलले जानकारी दिनुभयो । म्यूजिकल फेस्टिवल फागुन २१ गते दिउसो ३ बजेपछि सिद्धेश्वर मावि दिपनगरको प्रांगणमा हुने छ भने प्रवेश निःशुल्क गरिएको आयोजकले बताएका छन् ।

सन्जु पौडेलको संचालनमा भएको पत्रकार सम्मेलनमा सर्भिसेजका अन्तर्राष्ट्रिय निर्देशक टिएन अर्यालले संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने खालका विभिन्न समयमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।