गाउं घरमा मेगाको वित्तिय साक्षरता

371

गाउं घरमा मेगाको वित्तिय साक्षरता

कोटीहवा, २० फागुन । मेगा बैंक नेपाल लिमिटेड भैरहवा शाखाले आज चिलिहियामा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । चिलिहिया गाविसको सहयोगमा बैंकले चिलिहिया–३, कैलाशनगरमा वित्तिय साक्षरता कार्यक्रम भएको हो ।

गाउं घरमा अहिले सबैले बैकिङ्ग कारोबार सम्बन्धी जानकारी पाउनु जरुरी भएकोले वित्तीय साक्षता कार्यक्रम राखिएको चिलिया गाविसका अध्यक्ष केशवराज भट्टराईले जानकारी दिनुभयो । चिलिहिया गाविसका  ५० जना सहभागी रहेको कार्यक्रममा मेगा बैंक भैरहवा शाखाका म्यानेजर नारायण घिमिरेले प्रशिक्षण दिनु भएको  थियोे ।

कार्यक्रम बैंकका कर्मचारी अर्बिन एसीले संचालन गर्नु भएको थियो ।