राष्ट्रपति कपको करातेमा एभरेष्टको जित

591

राष्ट्रपति कपको करातेमा एभरेष्टको जित

बुटवल, २० फागुन । नवौ राष्ट्रपति कप रनिङ्ग शिल्ड जिल्ला स्तरीय कराते प्रतियोगितामा ३ स्वर्ण र एक रजत सहित एभरेष्ट उच्च मावि बुटवल विजयी भएको छ ।

एभरेष्टको पुरुषतर्फ ५२ केजी तौलका रमेश कार्की प्रथम, ४७ केजी तौलमा रिसव पाण्डे प्रथम भएका छन् । यस्तै महिलातर्फ ४० केजीमा एलिसा मस्राङ्गी प्रथम र ४५ केजी तौलमा एलिसा घिमिरे द्वितिय भएको एभरेष्टका सहायक प्राचार्य विष्णु अर्यालले जानकारी दिनुभयो । यसैबीच एभरेष्ट उच्च माविमा विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

एभरेष्टको कक्षा ११ र १२ का विद्यार्थीहरुका विचमा क्रिकेट, फुटबल, बास्केटबल, भलिबल लगायतका प्रतियोगिताहरु सदनात्मक रुपमा  सम्पन्न भएका हुन् । विजयी विद्यार्थीहरुलाई एक कार्यक्रमका बीचमा विद्यालयका प्राचार्य कृष्ण न्यौपाने र बरिष्ट सहायक प्राचार्य माधवप्रसाद आचार्यले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । सोही अवसरमा एभरेष्टमा कक्षा ११ र १२ मा उत्कृष्ट सदन र उत्कृष्ट सदनका क्याप्टेन घोषणा गरिएको छ ।

कार्यक्रममा सगरमाथा सदनलाई उत्कृष्ट सदन र उत्कृष्ट क्याप्टेनका रुपमा आविश्कार पराजुली घोषित गरिएको विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख तथा सहायक प्राचार्य विष्णु अर्यालले जानकारी दिनुभयो । पुरस्कार वितरण कार्यक्रमको संचालन शिक्षक माधव पौडेलले गर्नु भएको थियो ।