विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश

1.3K

विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश

बुटवल, २१ फागुन । नेपाली काँग्रेस बुटवल १० वडा कार्यसमितिले आज बुटवलका वडा भेला गरेको छ । काँग्रेसका क्रियाशिल सदस्यलाई लक्षित गरेको गरिएको वडा भेलामा बोल्ने वक्ताहरुले स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी सबैको सहकार्यमा काम गर्नुपर्ने भनाई राखेका थिए ।

उक्त भेलामा पार्टीका नेताहरुले पार्टीका नेताहरु एक अर्का विरुद्ध कसैलाई पनि नबोल्न निर्देशन दिएका थिए । त्यस्तै उनीहरुले पार्टीलाई जिताउने गरी रणनीतिक रुपमा लाग्न पनि वडा सभापतिहरुलाई निर्देशन दिएका छन् । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, जिल्ला सदस्य हरिबहादुर आचार्य क्षेत्री, मायाँ गौतमले पार्टीका नेता तथा कार्यकर्ता एक आपसमा कसैका पनि बिरुद्ध नबोल्ने कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

उहाँहरुले पार्टीको आन्तरिक चुनाव नभएर विपक्षि पार्टीसंग प्रतिस्पर्धा गर्नुपर्ने समयमा आफैमा लड्ने हो भने पार्टीलाई जिताउन नसकिने भन्दै पार्टीले लिएका निर्णयका बिरुद्ध समेत नबोल्न आग्रह गर्नुभएको हो । वडा सभापति नरबहादुर रजालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति बिमलराज भट्टराई, पूर्व सभापति राधेश्याम राजभण्डारी, डोलराज अर्याल, तेजनिधी पौडेल वडा सचिव ईन्द्रबहादुर क्षेत्री लगायतले भनाई राख्नुभएको थियो ।

त्यस्तैगरी बुटवल वडा नं. ९ मा अन्य पार्टी परित्याग गरि १० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस वडा समितिले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बिरबहादुर लामा सहित अन्य पार्टीका १० जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि तथा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठ, पूर्व बुटवल नगर सभापति रामप्रसाद खनालले पार्टी सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराउनु भएको थियो ।

वडा सभापति कृष्णप्रसाद ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा नेताहरु लक्ष्मण आचार्य, राधा ज्ञवाली, प्रकाश पाठक, मुक्तिराम खरेल, वडा सचिव दिनानाथ गिरी लगायतले बोल्नु भएको थियो ।