
काठमाडौं/राष्ट्रपतिमा कसलाई उठाउने भन्नेबारे छलफल गर्न नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ । उसले आज साँझ स्थायी समितिको बैठक बोलाएको हो ।’एमालेको सकभर आज साँझ र नभए भोलि बिहान स्थायी समितिको बैठक बस्छ, उपाध्यक्ष भीम रावलले भने ‘त्यसै बैठकमा राष्ट्रपतिमा कसलाई उठाउने भन्ने टुंगो लाग्छ ।’ एमालेमा उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिमा उठाउनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओली समूहको माग छ ।एमालेमा सुवास नेम्वाङ र झलनाथ खनालको नाम पनि राष्ट्रपतिका लागि चर्चामा छ ।