
बुटवल, २४ फागुन । बुटवलको गोलपार्कमा पत्रकार टेकबहादुर मास्की राना माथी आक्रमण भएको छ । हिजो कार्यलयको काम सकेर घर जाने क्रममा करिव आठ बजेतिर मास्क लगाएको एक समुहले आक्रमण गरेको पत्रकार मास्की रानाले लुम्बिनी अनलाईनलाई जानकारी गराउनुभयो ।
उहांले भन्नुभयो ‘म गोलपार्क नजिकको व्यापार पेट्रोल पम्प नजिकै पुग्दा चुनाव लड्ने होस् भन्दै आक्रमण गरे’ म बहोस् भएछु, होस्मा आउदा ईलाका प्रहरी कार्यालय नजिक एक प्रहरीले पु¥याएका थिए ।’ आक्रमणबाट पत्रकार रानाको दाहिने हांतमा चोट लागेको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको अधिवेशन भोलि हुने घोषणा गरिएको थियो । उहांले आफुलाई अध्यक्षको उम्मेदवारको रुपमा उभ्याउनु भएको थियो । फोनिज अध्यक्ष मिलन गाहाले देशको असहज परिस्थितीलाई मध्यनजर गर्दै केन्द्रको निर्देशनमा अधिवेशन अर्को मिति घोषणा नहुदा सम्मको लागि स्थगित गरिएको लुम्बिनी अनलाईनलाई जानकारी दिनुभयो । उहांले भन्नुभयो देशको अवस्था र पत्रकार टेक मास्की माथि भएको आक्रमणले गर्दा अधिवेशन स्थगित गरिएको हो ।
यसैबीच पत्रकार मास्की राना माथी भएको आक्रमणको पत्रकार सम्वद्ध विभिन्न संघ/संगठनले भ्रत्सना गरेका छन् । मास्की राना कार्यरत रेडियो जागरणले विज्ञ्प्ती जारी गरी रातको समयमा बाटो कुरेर आक्रमण गर्नेलाई तुरुन्त पहिचान गरि कारवाही गर्न प्रहरी प्रशासनसँग जोडदार माग गरेको छ । विज्ञप्ति भनिएको छ रेडियो जागरणका समाचार संयोजक पत्रकार टेक बहादुर मास्की रानालाई सोमबार साँझ अज्ञात समूहले आक्रमण गरी घाईते बनाएको घटनाप्रती हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
रेडियो जागरणका अध्यक्ष विनोद पहाडीद्धारा जारी गरिएको विज्ञप्तिमा रानामाथि गुण्डागर्दी शैलीमा आक्रमण भएको भन्दै घटनामा संलग्नलाई पहिचान गरि कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरिएको छ । रानामाथि लुकेर आक्रमण गरिएकाले यस घटनालाई सिगो प्रेसमाथिको आक्रमणको रुपमा हेर्नुपर्ने बिज्ञप्तिमा भनिएको छ । जागरणले पत्रकार रानाको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आदिवासी जनजाती पत्रकार मञ्चका अध्यक्ष मास्कीलाई गएराती आठ बजे गोलपार्कमा अटो रिक्साबाट झरेर निवासतर्फ जादै गर्दा मास्क लगाएको ५ जनाको समूहले आक्रमण गरेका थिए । आक्रमणबाट उनको दायाँ हात भाँचिएको छ ।
त्यस्तै पत्रकार टेकबहादुर मास्की राना माथि भएको आक्रमर्णको प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीले ध्यानाकर्षण भएको जनाएको छ । आक्रमर्णको प्रगतिशील पत्रकार संघ रुपन्देहीले घोर निन्दा र भ्रत्सना गरेको छ । प्रगतिशील पत्रकार संघ रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेलले मंगलबार विज्ञप्ती जारी गरी आक्रमर्णबाट दाईने हात भाचिएका पत्रकार मास्की रानाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
श्रमजीवि पत्रकारलाई आक्रमर्ण गर्ने गिरोहलाई तत्काल पक्राउ गरी कानुनी दायरा लिएर सिङ्को नेपाली पत्रकारिताई न्याय दिन राज्य पक्षलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ । जागरण रेडियोबाट काम गरेर निवासमा जांदै गर्दा सोमबार राती बुटवलको गोलपार्कमा पत्रकार मास्की रानामाथि अज्ञात समूहले आक्रमर्ण गरेको थियो ।
पत्रकारहरुले लेखेका समाचारप्रति चित्त नबुझे वा अन्य गलत काम गरेमा कानुनी बाटो हुंदाहुंदै पत्रकारलाई आक्रमण गरी घाईते बनाउने कार्य पे्रस स्वन्तन्त्रता बिरोधी भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । पत्रकार मास्की राना आदिवासी जनजाती पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष हुनुहुन्छ ।