भलवारी जेसीजमा नेतृत्व विकास

1.3K

भलवारी जेसीजमा नेतृत्व विकास

भलवारी, २५ फागुन । भलवारी जेसीज रूपन्देहीले जेसीज परिचयात्मक तथा नेतृत्व विकास सम्बन्धी तालिम आज सम्पन्न गरेको छ । नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष श्रीधर बस्यालले प्रशिक्षण उद्घाटन गर्दै नेतृत्व तथा व्यक्तित्व विकासका लागि जेसीजमा सहकार्यको संस्कार रहेको उल्लेख गर्नुभयो ।

प्रमुख प्रशिक्षक एवम् नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष गोपाल प्रसाद पाण्डेले जेसीजको इतिहास सहित व्यक्तित्व विकास, समुदाय, व्यवसाय र अन्तर्राष्ट्रिय क्षेत्रबारे जानकारी दिनुभएको थियो । भलवारी जेसीज वर्ष २०१७ का अध्यक्ष मुक्तिनाथ गैह्रेको अध्यक्षता तथा महासचिव किशोर पङ्गेनीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

सो अवसरमा भलवारी जेसीजका निवर्तमान अध्यक्ष भेषराज पाण्डे, पूर्व अध्यक्ष रमेशकुमार पराजुली, तिलोत्तमा जेसीजका अध्यक्ष यादव भट्टराई, भलवारी जेसीजका कानूनी सल्लाहकार शिवप्रसाद बस्याल, प्रशिक्षार्थी अनु पन्त लगायतले बोल्नुभएको थियो । सो अवसरमा १८ जना नवप्रवेशी सदस्यहरूलाई जेसीजको समग्र परिचय सहित व्यक्तित्व विकासबारे जानकारी दिइएको थियो ।