
भैरहवा, २६ फागुन । कागजपत्र चेकजाचँको बहानामा सेवाग्राही र मालवाहक ट्रकहरुबाट रकम उठाउने तथा तस्विर खिच्चे पत्रकारहरुलाई हातपात गर्ने क्रमचारीलाई जोगाउन कर्मचारीहरुले रुपन्देहीको बेलहीया स्थित भैरहवा भन्सार कार्यालय बन्द गराएका छन् ।
सोमवार साझ राजधानी दैनिक, दैनिक पत्रका भैरहवा सवांददाता एवं अब्बवल साप्ताहिकका सम्पादक श्यामशंकर पाण्डे र अब्वल साप्ताहिकका प्रकाशक प्रकाश न्यौपानेलाई भन्सारका कार्यालय सहयोगी अनुज फुयाँलले आक्रमण गरेका थिए । ति कर्मचारीले साझँ भारतीय ट्रकहरुसंग असुली गरिरहेका बेला पत्रकारद्धयले तस्विर लिदै थिए । तस्विर लिनेक्रममा पत्रकारलाई एक्कासी आक्रमण गरी फुयाँल भागेका थिए ।
पत्रकारको उजुरी पछि फुयाँललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरी सार्वजनीक मुद्दा चलाए पछि भन्सारका कर्मचारीहरुले बिहीबार दिउसो भन्सारको अन्तराष्ट्रिय सिमाको ब्यारियर (मुल प्रवेश द्धार) बन्द गरेका थिए । मुल प्रवेश द्धार बन्द गर्नु अन्तराष्ट्रिय सिमाको मापदण्ड बिपरीत हो ।
नाकाबन्दीको बेला समेत बन्द नभएको भैरहवा भन्सार कार्यालय अराजक कर्मचारीलाई जोगाउन बन्द गरे पछि स्थानिय आक्रोशित हुदै भन्सार खुलाउन दवाव दिएका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधीकारी बिनोद प्रकास सिहं र प्रहरी उपरिक्षक रविन्द्र धानुकले भन्सार नखुलाए पक्राउ गरी कार्वाही गर्ने चेतावनी दिएपछि कर्मचारीहरु पछि हटेका थिए ।
प्रमुख जिल्ला अधिकारी सिंहले सेवा बन्द गरेर आन्दोलन गर्ने कर्मचारीलाई कार्वाही गरिने बताए । कर्मचारीहरुले साँझसम्म भित्रको काम भने गरेका थिएनन् । जसका कारण भन्सार पास गरेर आउनुपर्ने र यताबाट जानुपर्ने सबै सामान भैरहवा भन्सार नाकामा रोकिएका थिए । यता फुयाँललाई पक्राउ गरी सार्वजनिक अपराध अन्र्तगतको मुद्दा दयार गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेल बहादुर पाण्डेले बताए ।
यता कर्मचारीलाई जोगाउन भन्सार प्रमुख भुपाल राज शाक्य र कर्मचारी सम्वद्ध सघंसंस्थाहरुले प्रशासनलाई दवाव दिईरहेको बुझिएको छ ।