बन्दमा महासंघको ऐक्यवद्धता

633

बन्दमा महासंघको ऐक्यवद्धता

बुटवल, २६ फागुन । फागुन २३ गते सप्तरी जिल्लामा भएको घट्ना र निर्वाचन घोषणा लगायतका विषयलाई लिएर फागुन २७ गते संघीय गठबन्धनले आव्हान गरेको नेपाल बन्द कार्यक्रमप्रति नेपाल आदिवासी  जनजाति महासंघ, रुपन्देहीले ऐक्यवद्धता जनाएको छ ।

महासंघको आज बुटवलमा बसेको बैठक पश्यात अध्यक्ष दलबहादुर छन्त्याल र सचिव ज्ञानेँन्द्र भुजेल द्रारा संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा महासंघले उठाउदै आएको मागलाई गठबन्धनले समावेश गरेको हुदाँ बन्दप्रति ऐक्यवद्धता जनाएको बताएको छ । जारी विज्ञप्तीमा बन्द सफल पारी आदिवासी जनजातिको मागलाई सम्बोधन गर्न दवाब दिन महासंघमा आबद्ध एकल जातिय सघंसस्थालाई आग्रह गरिएको छ र बन्दलाई सफल  गराउन सडकमा उत्रिन पनि सबैमा अनुरोध  गरिएको छ ।

फोनिज, रुपन्देहीको फागुन २५ गते गर्ने भनिएको निर्वाचनको क्रममा फागुन २३ गते राति पत्रकार टेक बहादुर मास्कीराना माथि अज्ञात समुहद्रारा भएको आक्रमणको भ्रत्र्सना गदै दोषीउपर कारवाही गर्न जारी विज्ञप्तीमा माग गरिएको छ । जनजाति महासंघ सरकारले घोषणा गरेको स्थानिय निकायको  निर्वाचनप्रति असहमति जनाउदै बहिष्कार गर्न चेतावनी दिदै आएको छ ।