दुई संस्था मर्जको तयारीमा

476

दुई संस्था मर्जको तयारीमा

बुटवल, २६ फागुन । रुपन्देही हार्डवेयर व्यबसायी संघ र सिद्धार्थ निर्माण सामाग्री व्यबसायी संघ बिच संस्था एकिकरणको तयारीमा जुटेका छन् ।

दुबै संस्था हार्डवेयर व्यबसायीका समस्या समाधान गर्न र व्यबसायिक हक हितका लागि स्थापित भएको हुँदा एकै प्रकृतिका दुई संस्था रहनु भन्दा एकै भएर अंगाडी बढ्न सकियो भने त्यसले राम्रो सन्देश पनि दिने र व्यबसायिक समस्या समाधान तथा हक हितमा हुने कामलाई पनि प्रभावकारी बनाउन सकिने भएकाले एकिकरण गर्नकालागि प्रयास थालिएको रुपन्देही हार्डवेयर व्यबसायी संघका अध्यक्ष सुनिल मरासिनीले बताउनु भयो ।

दुबै संस्थालाई एकिकरण गर्ने सहमति जुटेको अव दुबै संस्थाको एकता भेला गरी मुर्त रुप दिने तयारी गरिएको उहाँले बताउनु भयो । एकता भेला पश्चात् साधारण सभा र अधिवेशन समेत सम्पन्न गर्ने र नयाँ नेतृत्व ल्याएपछि मात्रै एकताको काम सम्पन्न हुने उहाँले बताउनु भयो । दुई संस्था एकिकरण गर्ने सहमति भएको र अन्तिम चरणमा पुगेको सिद्धार्थ निर्माण सामाग्री व्यबसायी संघका अध्यक्ष मधु आचार्यले पुष्टी गर्नुभयो ।

हाल रुपन्देही हार्डवेयर व्यबसायी संघमा करिव ४५० सदस्य रहेको र सिद्धार्थ निमार्ण सामाग्रिक व्यबसायी संघमा १ सय ३० व्यबसायी सदस्य रहेको बताईएको छ ।