सरकारले साझा नीति तथा कार्यक्रम बनाउने

577

सरकारले साझा नीति तथा कार्यक्रम बनाउने

gov

काठमाडौं, कात्तिक ७ /उच्चस्तरीय राजनीतिक संयन्त्रले सरकारको साझा निति तथा कार्यक्रम तयारको गृहकार्य सुरु गरेको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको संयन्त्रको बैठकले सरकारको साझा नीति तथा कार्यक्रम बनाउने गृहकार्य स्वरुप एक छुट्टै कार्यदल गठन गरेको हो । कार्यदलमा नेकपा एमालेका तर्फबाट भीम रावल ,शंकर पोख्रेलल, एकिकृत माओवादीका तर्फबाट बर्षमान पुन, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट जितेन्द्र देव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुरेश आचार्य सदस्य छन् ।कार्यदललाई  सरकारको साझा नीति तथा कार्यक्रम बनाउने जिम्मा दिईएको छ । यसले स्थानीय निर्वाचन, शुसासन, भष्टाचार नियन्त्रण, जनतालाई तत्काल राहत कार्यक्रम लगायतको पनि खाका बनाउने छ ।कार्यदललाई  सरकारको साझा नीति तथा कार्यक्रम बनाउने जिम्मा दिईएको छ ।यसले स्थानीय निर्वाचन, शुसासन, भष्टाचार नियन्त्रण, जनतालाई तत्काल राहत कार्यक्रम लगायतको पनि खाका बनाउने छ ।  भारतीय नाकाबन्दीका कारण इन्धन अभावसंगै मुलुकको समग्र अर्थतन्त्रमा ठुलो असर परिरहेका बेला नयाँ सरकारले ल्याउने न्युनतम साझा कार्यक्रममा जनताका दैनिक जीवनसंग सरोकार राख्ने विषयले पनि प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।