दीपका विद्यार्थीहरुलाई शुभकामना

572

दीपका विद्यार्थीहरुलाई शुभकामना

बुटवल, २७ फागुन । बुटवल—१० सुख्खानगरमा रहेको दीप बोर्डिङ्ग हाई स्कुलले माध्यमिक शिक्षा परीक्षामा सामेल हुन गैरहेका विद्यार्थीहरुलाई  आज शुभकामना कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका उपाध्यक्ष उमाकान्त चापागाइले धैर्यता र लगनशीलताले मात्र राम्रो नतिजा प्राप्त गर्न सकिने भन्दै विद्यार्थीहरुलाई परीक्षाको अवधिमा स्वाथ्यलाई ध्यानमा राखी मिहेनत गर्न सुझाव दिनुभयो । विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले विद्यार्थीको सफलता वा  असफलता आफ्नै  हातमा रहेको उल्लेख गर्दै समयलाई सदुपयोग गरी पूर्ण आत्मविस्वासका साथ उत्कृष्ट नतिजाका लागि लाग्न शुभकामना दिनुभयो ।

कार्यक्रममा उपप्राचार्यहरु कलाधर अर्याल, ज्ञानु थापा, सुरेन्द्र कुमार शाक्य, व्यवस्थापन संकाय संयोजक डि.बी. रायमाझी, विद्यार्थीहरु सृजल पोखरेल, स्वप्निल कोइराला, प्रतिक्षा राना लगायतले परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई  शैक्षिक सफलताको  लागि शुभकामना दिनुभएको थियो । कक्षा—९ का छात्र आकिल भुषालको अध्यक्षता तथा प्रविण पाण्डे र मनिषा पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा रमिता कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा माध्यमिक तहमा अध्यापनरत शिक्षकहरुलाई कक्षा—१० का विद्यार्थीहरुले मायाको चिनो सहित सम्मान गरेका थिए भने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।