थकालीमा धनुषवाण

2.1K

थकालीमा धनुषवाण

बुटवल, २७ फागुन । थकाली सेवा समिति बुटवल क्षेत्रको आयोजनामा आजदेखि धनुषबाण प्रतियोगिता सुरु भएको छ । थकाली समुदायको महान पर्व तोरन्ल्ह फागु पूर्णीमाको अवसरमा धनुषबाण प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमकाबीच नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, रुपन्देहीका अध्यक्ष दल बहादुर छन्त्यालले धनुषबाण हानेर प्रतियोगीताको उद्घाटन गर्नु भयो । समितिका अध्यक्ष क्या. शिबप्रसाद शेरचनको अध्यक्षता सचिव रञ्जित शेरचनको सञ्चालन तथा बरिष्ठ उपाध्यक्ष लाल बहादुर गौचनको स्वागतमा भएको उद्घाटन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङ्कङ्का अध्यक्ष मीन बहादुर दर्लामी, नेपाल मगर संघ, रुपन्देही अध्यक्ष गीता सारु, जनजाति पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष टेक बहादुर मास्की राना, नेपाल तामाङ घेदुङ, रुपन्देहीका अध्यक्ष कुमार तामाङ, वन समिति वडा नं ६, ८ र ७ का अध्यक्ष सर्वजीत केसी लगायतले बोल्नुभएको थियो ।

चैत ४ गते सम्म चल्ने प्रतियोगितामा ६ टीमको सहभागिता रहेको छ । प्रतियाेिीतामा प्रथम हुनेले १८ हजार, दोश्रोले १२ हजार र तेस्रोले ६ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।