रामपुरमा सेवाको शाखा

562

रामपुरमा सेवाको शाखा

बुटवल, २७ फागुन । सेवा विकास वैंकले आफ्नो सोह्रौ शाखा कार्यालय पाल्पाको रामपुर ८, बेझाडमा उद्घाटन गरेको छ । कार्यक्रमका नेपाल राष्ट्र बैंकका कायम मुकायम कार्यकारी निर्देशक वासुदेव अधिकारीले उक्त शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले बैंक तथा बित्तीय संस्थाको ग्रामिण भेगमा भएको उल्लेख्य उपस्थितीले सामाजिक, आर्थिक रुपान्तरणमा गहन भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

बैंकको कार्य प्रगति एवं भावी योजनाका वारेमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद काफ्लेले ७ वर्ष देखी नेपाल स्टक एक्सचेञ्जवाट ‘क’ वर्गमा सूचीकृत बैंकले केन्द्रीय कार्यालय बुटवल सहित १६ वटा शाखा कार्यालय र ७ वटा एटिएम मार्फत ७८ हजार ५ सय बढी ग्राहकलाई बैंकिङ् सेवा प्रदान गरिरहेको बताउनु भयो । बैंकले हाल करिव ५ अर्ब ४८ करोड भन्दा वढि निक्षेप संकलन गरी करिव ४ अर्ब ८८ करोड भन्दा बढि कर्जा लगानी गरेको जनाएको छ ।

बैंकका अध्यक्ष भिमप्रसाद तुलाचनको सभापतित्वमा भएको उक्त कार्यक्रममा बैंकका संचालक रामप्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन बैंकका कम्पनी सचिव खिमलाल भुसालले गर्नुभएको थियो । कार्यक्रममा रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजुप्रसाद श्रेष्ठ र रामपुर उधोग बाणिज्य संधका अध्यक्ष भोजेन्द्रप्रसाद ढकाल, बैंकका संस्थापक शेयरधनी त्रिलोचन पौडेल, चौतारी लघुवित्त बित्तीय संस्थाका अध्यक्ष जगतबहादुर पोखरेल, बैंकका पूर्व संचालक भोजप्रसाद श्रेष्ठ, कामना विकास बैंकका संचालक मदन शर्मा खनाल लगायतले भनाई राख्नुभएको थियो ।