बाहुन, क्षेत्रीलाई गाली गरेपछि कार्यक्रम विथोलियो

666

बाहुन, क्षेत्रीलाई गाली गरेपछि कार्यक्रम विथोलियो

देवदह, २७ फागुन । रुपन्देहीको देवदहमा संचालन भइरहेको मंगोल नेशनल अर्गानाईजेशन प्रथम ऐतिहासिक देवदह नगर अधिवेशन तथा मंगोल सभा कार्यक्रम विथोलिएको छ ।

कार्यक्रममा आयोजक समितिद्धारा बाहुन क्षेत्री विरुद्ध अनावश्यक रुपमा गाली गलौज भएपछि उक्त कार्यक्रम विथोलिएको हो । दिउसो १ बजेबाट शुरु भएको कार्यक्रमको अन्तिम समयमा आएपछि देवदहका स्थानियबासीहरुले ढुगांमुढा बर्साएका थिए । झडपको क्रममा लु १ च ३२७४ नं कारको सिसा समेत फुटेको छ ।

उनीहरुले जातिय रुपमा दंगा फैलाउन लागेको भन्दै देवदहका स्थानियले आक्रोश पोखेका थिए । कार्यक्रममा देवदहका स्थानियहरुले मंगोल नेशनल अर्गानाईजेशन नामक राजनीतिक दलको सभामा आयोजकबाट गल्ति कमजोरी भएको भन्दै आयोजक टिमलाई माफी माग्नुपर्ने शर्त राखेका छन् ।  देवदह खैरेनीका स्थानिय बासीहरुले करिब २ घण्टासम्म चर्को नाराबाजी गरेर दोषी उपर कडा कारबाही गर्नुपर्ने,  दोषीले माफी माग्नुपर्ने र अबदेखि  बाहुन क्षेत्री या अन्य कुनै जाति विरुद्ध ठाडो हस्तक्षेप गर्न नपाइने शर्त राखेका छन् ।

झडपको क्रममा ढुगांमुडा गरेपनि कुनै अप्रिय घटना भने भएको थिएन । कार्यक्रम स्थलबाट झडपको स्थिति साम्य नभएपछि प्रहरीले आफ्नो सवारीमा राखेर कार्यक्रमका आयोजक टिमहरुलाई लगेको थियो । कार्यक्रमको संयोजक गरेका व्यक्तिहरुले कार्यक्रममा अनावश्यक गाली गलौज तथा  स्वतन्त्र रुपले  आक्षेप लगाएर बोल्न उक्साएको देवदहका स्थानियहरुले आरोप लगाएका छन् ।